रेणु दाहाललार्इ राजीनामा दिन विप्लव समुहकाे चेतावनी (पत्रसहित)

काठमाडौं, चैत ४ । नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट जिल्ला जनपरिषद (जनसत्ता) चितवनले भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहाललाई पत्रमार्फत राजीनामा माग गरेको छ ।

शुक्रबार जिल्ला जनपरिषद चितवनका प्रमुख नवराज पौडेलले हस्तक्षर गरेको पत्र चितवनको भरतपुर महानगरपालिकाकी मेयर दाहाललाई सम्बोधन गरेर राजीना दिन पत्रमार्फत् चेतावनी दिएका हुन् ।

पत्रमा सरकारले लोकतन्त्रको नाममा फासिवाद अभ्यास, आस्थाको भरमा गिरफ्तारी, गरिबी, व्यापार घाटा, मानव बेचबिखन, भ्रष्टाचार, कर छलीे, महिला बेचबिखन, महिला हिंसा, समामाजिक दलालीकरणहरुको तीव्र बढिरहेकोप्रति असन्तुस्ट जनाउदै राजीनामा दिई वैकल्पिक सत्ताको रुपमा स्वीकार गरी जनसेवा र राष्ट्र निर्वाणमा सहयोग गर्न आग्रह समेत गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *