अन्तर बैंक फुटसलको उपाधि एनआईसी एसियालाई

कैलाली चैत्र ३ । प्रथम अन्तर वैंक फुटसल प्रतियोगिताको उपाधि एनआईसी एसिया वैकले चुमेको छ । धनगढीमा आज भएको अन्तर वैंक फुटसल प्रतियोगितामा सनराईज बैंकलाई ६–० गोल अन्तरले पराजित गर्दै एनआईसी एसिया बैंकले उपाधि हात पारेको हो ।

उसले उपाधी संगै नगद १५ हजार रुपैया, ट्रफी र प्रमाणपत्र हात पार्यो । दोश्रो भएको सनराइज बैंकले नगद १० हजार रुपैया ट्रफी र प्रमाणपत्र प्राप्त ग¥यो ।

सात नम्वर प्रदेशमै पहिलो पटक फिट प्रो बेस्ट फुट्सलमा आयोजना भएको प्रतियोगितालाई बैंकर्स क्लब धनगढीले आयोजना गरेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *