भारतका चर्चित पप गायक मेहन्दी मानवतस्करी मुद्धामा पक्राउ

भारत , चैत ३ । भारतका चर्चित पप गायक दलेर मेहन्दीलाई मानवतस्करीमा संलग्न रहेको भन्दै दुई वर्ष जेल सजाय सुनाइएको छ ।

पन्जब प्रान्तको एउटा अदालतले मेहन्दीसहित ६ जनालाई मानव तस्करी तथा ठगी मुद्धामा दोषी ठहर गर्दै जेल सजाय सुनाएको हो । तर उनी तुरुन्तै धरौटीमा रिहा भएका छन् । सन् २००३ मा सात जनालाई पश्चिमी देशमा लग्ने झुठो आश्वासन दिएर ठूलो रकम ठगेको आरोप उनीमाथि लागेको छ ।

सन् १९९८ र १९९९ मा उनले दश जना आप्रवासीलाई आफ्नो नृत्यटोलीको सदस्यका भेषमा संयुक्त राज्य अमेरिका लगेर छोडिदिएको बताइएको छ । प्रहरीले पन्जाबमा उनीविरुद्ध मुद्दा चलाएपछि ३५ जनाले उनलाई ठगीको आरोप लगाएका थिए ।

उनीहरूले मेहन्दीले आफूहरूबाट विदेश लगिदिने भनी पैसा लिएको तर नलगेको बताएका थिए । मेहन्दीले फैसलाविरुद्ध माथिल्लो अदालतमा पुनरावेदनमा जाने बताएका भारतीय संचार माध्यमले जनाएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *