सल्यानमा १ हजार बढी लिटर अवैध घरेलु मदिरा नष्ट

सल्यान, चैत ३ ।  जिल्ला प्रहरी कार्यालयले शारदा नगरपालिकाका अवैध घरेलु मदिरा जफत गरी शुक्रबार नष्ट गरेको छ ।
करीब एक सातादेखि नगरपालिकाभित्र प्रहरीले छापा मारेर भाँडाकुडासहित घरेलु मदिरा जफत गरेर  जिल्ला प्रहरी कार्यालयको परिसरमा नष्ट गरिएको हो ।
जिल्लामा ९० प्रतिशत हिंसा मदिरा सेवनबाट हुने भएकोले यसलाई रोक्न मदिरा नियन्त्रण गरिएको प्रहरी नायव उपरीक्षक भरतबहादुर विकले बताउनुभयो ।
अवैध रुपमा मदिरा बनाइने कच्चा पदार्थमा मोजा, स्याम्पु र प्याडसमेत प्रयोग गरिएको पाइएकाले सचेत रहन उहाँले आग्रह गर्नुभयो । नगरपालिकाभित्र सबैखाले हिंसा रोक्न आफूले प्रतिबद्धता व्यक्त गरेकाले सोहीअनुसार काम भइरहेको नगरपालिका प्रमुख सुरेश अधिकारीले वताउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *