युएस वंगला विमान दुर्घटनाकाे क्षतिपूर्तिमा डरलाग्दाे विभेद

चैत्र ३, काठमाडाैं । यूएस बंगला एयरलाइन्सको जहाज काठमाडाैंस्थित त्रिभुवन विमानस्थलमा अवतरणको क्रममा दुर्घटनाग्रस्त हुँदा मृत्यु हुने नेपाली र बंगलादेशी नागरिकका परिवारले पाउने क्षतिपूर्तिमा निकै ठूलो भिन्नता देखिएको छ ।

जहाज दुर्घटनामा मृत्यु भएका नेपालीका परिवारले २० लाख (२० हजार डलर) को दरले क्षतिपूर्ति पाउने छन् भने बंगलादेशी नागरिकले डेढ करोड रुपैयाँ (१ लाख ५० हजार डलर) को दरले क्षतिपूर्ति पाउनेछन् । याे रकम नेपाली यात्रुकाे भन्दा ६ गुणा बढि रकम हाे । नेपालले हेग र भियना कन्भेन्सनमा हस्ताक्षर गरेकाे हुनाले यति थाेरै क्षतिपूर्ति अाउन लागेकाे भनिएकाे छ । बंगलादेशले भने मेट्रील संन्धीमा हस्ताक्षर गरेकाले यति धेरै क्षतिपूर्ति पाउने भएकाे बतार्इएकाे छ ।

तर, एउटै विमानमा समान रेटकाे टिकट काटेर अाएका यात्रुलार्इ फरकफरक ब्यवहार गरिएकाे भन्दै मानवधिकारवादी तथा नागरिकले प्रश्न उठाएका छन् ।विभेदकारी क्षतिपूर्तिको बिषयमा प्रेस काउन्सिल नेपालका अध्यक्ष किशोर श्रेष्ठले स्ट्याटस लेख्दै भनेका छन्–‘जहाज बाङ्लादेशको हो, अनि टिकटको मूल्य पनि दुबै देशका यात्रुसँग बराबरी लिइएको हो । आफ्ना नागरिकको दुःखद मरणलाई कुकुर मराइमा परिणत हुन नदिइयोस् सरकार!’

राजिनामा दिएका पार्इलट जसले  लगातार पाँच उडान भरे

युएस वंगला विमान दुर्घनाकाे कारण खाेतल्दै जाँदा विभिन्न तथ्यहरू खुल्दै अाएकाे छ । विमानका पार्इलट नै राजिनामा दिर्इसकेकाे खुलासा भएकाे छ । ‘नेपालमा उडान भर्न अघि इमेलबाट अबिद सुल्तानले युएस बंगलाका अधिकारीहरुलाई राजीनामा पत्र बुझाएका थिए,’ साथीहरुलाई उद्धृत गर्दै समाचारमा भनिएको छ । उनको साथीका अनुसार विमान कम्पनीले भने उनको राजीनामा स्वीकृत गरेन ।उनलार्इ बाध्य पारेर विमान उडान लगार्इएकाे बतार्इएकाे छ ।

विमान अवतरण गर्ने बेलामा पार्इलट नै अल्मलिएकाे बतार्इएकाे छ । विमानका चालक थाकेकाे, एयर ट्राफिक कन्ट्राेलरले गलत सुचना दिएकाे लगायतका कुरा बाहिर अाएका छन् । एसिया टाइम्सका अनुसार दुर्घटना भएकाे दिन विमानका चालक क्याप्टेन अबिद सुल्तानकाे पाँचाै उडान थियाे । ढाका काठमाडाैं उडानकाे अघि क्याप्टेन सुल्तानले जम्मा ५ घण्टाकाे ग्यापमा ढाकाबाट चित्गाेङ अनि चित्गाेङबाट पुनः ढाका उडान भरेका थिए ।

युएस बंगलाका महाप्रबन्धक तथा प्रवक्ता ग्याम्लाे इस्लामले समेत याे कुरा स्विकार गरिसकेका छन् । तर, उनले युएस वंगलाका पार्इलटलार्इ यत्तिकाे उडान भार वहन गर्दा कुनै समस्या नभएकाे दावि गरे । ढाका–चित्गाेङ–ढाका ४५–९० मिनेटकाे उडान हाे । ढाका–काठमाडाैं–ढाका एक देखि सवा १ घण्टाकाे उडान हाे । प्रवक्ता सुल्तानकाे भनार्इ हेर्ने हाे भने, ढाका–काठमाडाैंकाे उडानमा पार्इलटलार्इ कुनै समस्या थिएन ।

पार्इलट सुल्तान बंगलादेश एयरपाेर्टका पूर्व पार्इलट समेत रहेकाे र सय पटक भन्दा बढि ढाका काठमाडाैं उडान भरिसकेका अनुभवी पार्इलट हुन् । काठमाडाैंकाे एयरपाेर्टमा विमान उडाउन उनी विशेष तालिम प्राप्त थिए । सुल्तानले सन् २०१५ को मे ६ मा पाइलटको रुपमा युएस बंगला कम्पनीमा आबद्ध भएका थिए । उनी ड्यास–एट क्यु४०० विमानका मुख्य पाइलट थिए । उनी विमानको प्रशिक्षक पनि थिए । उनले सन् १९८४ देखि बंगलादेशको बायुसेनामा पनि काम गरेर रिटायर भएका थिए ।

नेपाल सरकारले दुर्घटनाकाे छानविन गर्नका लागि सचिव स्तरीय छानविन समिति नै गठन गरेकाे छ । यहाँ हामीले उठाउन खाेजेकाे विषय भनेकाे एउटै घटनामा दिवंगत भएका यात्रुलार्इ क्षतिपूर्ति भने किन फरक भयाे । यसकाे जवाफ कसले दिन ?

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *