एनअार्इसी एसिया बैंककाे का. मु. प्रमुख कार्यकारी अधिकृत राेशन कुमार न्याैपाने

चैत्र २, काठमाडाैं । एनअार्इसी एसिया बैंककाे कायम मुकायम प्रमुख कार्यकारी अधिकृतमा राेशन कुमार न्याैपानेलार्इ नियुक्त गरिएकाे छ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत लक्ष्मण रिसालले राजीनामा दिएपछि बैकले सहायक प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपानेलार्इ का.मु. प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको छ।

बैंककाे आज बसेको सञ्चालक समितिको बैठकले न्यौपानेलार्इ कामु प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेकाे हाे । बैंककाे दीर्घकालीन योजना तथा रणनीति तर्जुमा र कार्यान्वयन तहमा काम गर्दै अाएका न्याैपानेलार्इ का.मु. प्रमुख कार्यकारी अधिकृत बनार्इएकाे बैंकले जानकारी दिएकाे छ ।

प्रमुख आन्तरिक लेखापरीक्षकको रुपमा तत्कालीन बैंक अफ एशिया नेपालबाट बैंकिङ्ग क्षेत्रमा न्यौपानेले प्रवेश गरेका थिए । एनआइसी एशिया बैंकलाई देशकै अग्रणी बैंकहरु मध्येको एक बैंकको रुपमा स्थापित गराउन ठूलाे भूमिका खेलेकाे बतार्इन्छ । नवनियुक्त का.मु. प्रमुख कार्यकारी अधिकृत न्यौपानेले एनअाइसी एसिया बैंकलार्इ देशकै मजवुत र सफल बैंक बनाउन सदैव लाग्ने बताए ।

एनअार्इसी एसिया बैंकका मुलुकभर १० लाख भन्दा बढि सेवाग्राहीहरू रहेका छन् । बैंककाे १८४ शाखा तथा १८७ एटीएमसहित निजी क्षेत्रको सवैभन्दा बढी शाखा सञ्जालबाट बैंकले बैंकिङ्ग सेवा प्रदान गर्दै अाएकाे छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *