तेस्राे पटक मन्त्रिपरिषद् विस्तारः फाेरमकाे कुरा मिलेन

चैत्र २, काठमाडौँ । बाम गठबन्धनका प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार तेस्रोपल्ट मन्त्रिपरिषद् विस्तार गरेका छन् । प्रधानमन्त्री ‌ओलीले एमाले र माओवादी केन्द्रका मन्त्रीहरु थपेका हुन् । नवनियुक्त मन्त्रीहरुले शुक्रबार नै शितल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ समेत लिर्इसकेका छन् । ओली सरकार २२ सदस्यीय बनेको छ ।

तेस्राे पटकमा नेकपा एमालेका प्रदीप ज्ञवालीलार्इ परराष्ट्र, गोकर्ण विष्टलार्इ श्रम तथा राेजगार, रघुवीर महासेठलार्इ भाैतिक तथा पूर्वाधार, रवीन्द्र अधिकारीलार्इ संस्कृति तथा पर्यटन मन्त्रालयकाे जिम्मेवारी दिर्इएकाे छ ।

यसैगरी एमालेकै जगत विश्वकर्मा युवा तथा खेलकुद र शेरबहादुर तामाङलार्इ कानुन मन्त्री बनार्इएकाे छ । सत्तारूढ माओवादी केन्द्रका तर्फबाट वर्षमान पुन उर्जा, शक्ति बहादुर बस्नेत वन तथा भूसंरक्षण, गीरिराजमणी पाेखरेल शिक्षा, चक्रपाणी खनाल कृषि र बिना मगर खानेपानी तथा सरसफार्इ मन्त्री भएका छन् । सरकारले गोकुल बाँस्कोटालार्इ सञ्चार, पद्मा अर्याललार्इ युवा तथा राेजगार रामकुमारी चौधरीलार्इ कृषि राज्य मन्त्री बनार्इएकाे छ ।

अाजै मात्र महिला बालबालिकाबाट फुटाएर श्रम तथा रोजगार मन्त्रालय बनाइएको थियो । यसअघि नै मन्त्री भइसकेका लालबाबु पण्डितको मन्त्रालय पनि हेरफेर भएको छ । उनलाई संघीय मामिला तथा सामाज्य प्रशासन मन्त्रालयको जिम्मेवारी दिइएको छ । यसअघि उनलाई वातावरण मन्त्रालयको जिम्मेवारी दिइएको थियो । सरकारमा अब प्रधानमन्त्री सहित एमालेका ११ मन्त्री ३ राज्यमन्त्री र माओवादीका ७ मन्त्री र १ राज्यमन्त्री भएका छन्।

केपी ओली सरकारले फोरमलार्इ २ मन्त्रालय दिने तयारी गरेको छ। फोरमबाट अध्यक्ष उपेन्द्र यादव र सहअध्यक्ष राजेन्द्र श्रेष्ठ मन्त्रीका रुपमा अगाडि आएका छन्। यादव सिँचाइ र श्रेष्ठ स्वास्थ्य मन्त्रीका रुपमा चर्चामा रहेपनि पार्टी भित्र सरकारमा काे काे जाने विषयमा कुरा नमिल्दा फाेरम आज सरकारमा सहभागी हुन सकेन । पार्टी स्राेतका अनुसार फाेरमले अाइतबारसम्म सरकारमा जानेहरूकाे टुंगाे लगाउँछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *