अायाे खगेन्द्रकाे ‘तितेपाती तितेपाती झ्याप झ्याप’ (भिडियाे सहित)

चैत्र २,  काठमाडौं । नेपालको पुरानो खेल डण्डीबियोमा आधारित खगेन्द्र लामिछाने अभिनित फिल्म ‘डमरुको डण्डीबियो’को पहिलो गीत सार्वजनिक भएको छ। शुक्रबार राजधानीमा पत्रकार सम्मेलन गरी फिल्मको ‘तितेपाती तितेपाती झ्याप झ्याप’ बोलको गीत सार्वजनिक गरिएको हो।

सविन एकतारे, कालिप्रसाद बाँस्कोटा र हर्क साउदको संयुक्त शब्द रहेको गीतमा कालीप्रसादकै स्वर र संगीत छ।  फिल्म आगामी वैशाख २१ बाट देशभर प्रदर्शनमा आउँदैछ।

‘डमरुको डण्डीबियो’ को गीतमा खेलको तयारी र समर्पित खेलाडीहरुको अभ्यासलाई प्रस्तुत गरिएको छ। गीतमा खगेन्द्र लामिछानेसँगै अनुप बराल, मेनुका प्रधान, वुद्धि तामाङ, लक्ष्मी बर्देवा, आसान्त शर्माको अभिनय देख्न सकिन्छ।

कार्यक्रममा उपस्थित संगीतकार बाँस्कोटाले गीत कतिको लोकप्रिय हुन्छ त्यो आफ्नै ठाँउमा भएपनि अाफुहरूले फिल्मको कथाबस्तुलाई आधार मानेर गीत तयार गरेकाे बताए ।’ छेतेन गुरुङको निर्देशन रहेको ‘डमरुको डण्डीबियो’ को कथा खगेन्द्र लामिछानेले लेखेका हुन्।

हेर्नुहाेस भिडियाे

https://www.youtube.com/watch?time_continue=98&v=I13PeRKj5Zk”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *