दुई डाक्टरको प्रमाणपत्र नक्कली भएको अदालतको ठहर

चैत्र २, काठमाडौँ । दुई डाक्टरको शैक्षिक प्रमाणपत्र नक्कली भएको ठहर गर्दै  डाक्टरलाई ६ महिना कैद र १० हजार रुपैयाँ जरिवाना गर्ने फैसला सुनाएको छ। विशेष अदालतका अध्यक्ष बाबुराम रेग्मी र न्यायाधीशद्वय चण्डीराज ढकाल र नारायणप्रसाद पोखरेलको इजलाशले यस्तो फैसला सुनाएको हो।

विशेष अदालतले स्वास्थ्य मन्त्रालय अन्तर्गत गाइनोकोलोजिस्टका रूपमा कार्यरत डा. सुनिल आचार्य र मध्यमाञ्चल क्षेत्रीय स्वास्थ्य सेवा निर्देशनालय हेटौंडामा कार्यरत डा. रजनी अग्रवालको प्रमाणपत्र नक्कली भएको भन्दै कैद र जरिवाना फैसला सुनाएको हो ।

अख्तियारले एक वर्षअघि हालेको मुद्दामा फैसला गर्दै उनीहरूको प्रमाणपत्र नक्कली रहेको ठहर गरेको हो । अदालतको यो फैसलापछि सरकारी दुई डाक्टर भ्रष्टाचारमा समेत दोषी ठहर भएका छन् । विशेष अदालत काठमाडौँमा उनीहरूको आजै अन्तिम सुनुवाइ भएको थियो । विशेष अदालतका अध्यक्ष बाबुराम रेग्मी र न्यायाधीशद्वय चण्डीराज ढकाल र नारायणप्रसाद पोखरेलको इजलासले यस्तो फैसला सुनाएको हो ।

डा. अग्रवालले आइएस्सीको प्रमाणपत्र नक्कली बनाई एमबिबिएस अध्ययन गरेको अख्तियारको आरोपपत्रमा उल्लेख छ । उनले नेपाल मेडिकल काउन्सिलबाट मेडिकल काउन्सिल सदस्यता दर्ता नम्बर प्राप्त गरेको र सरकारी अस्पतालमा करार नियुक्ति लिएको भन्ने उजुरीको आधारमा अनुसन्धान तथा छानबिन हुँदा यस्तो रहस्य खुलेको अख्तियारको आरोपपत्रमा उल्लेख छ ।

मध्यमाञ्चल क्षेत्रीय स्वास्थ्य सेवा निर्देशनालय हेटौंडामा २०७२ वैशाख ३० देखि २०७२ असार मसान्तसम्म कार्यरत अग्रवालले नेपाल सरकारको मेडिकल अधिकृत पदमा नियुक्ति एवं बहाल भएको आरोपपत्रमा जनाइएको छ । अग्रवालले बडी इभिनिङ कलेज पटना भारतबाट सन् १९९९ मा आइएस्सी प्रथम श्रेणीमा उत्तीर्ण गरेको झुटो शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरी लाभ सुविधा समेत लिएको अख्तियारको ठहर छ ।

स्वास्थ्य मन्त्रालय अन्तर्गत गाइनोकोलोजिस्ट रूपमा कार्यरत डा। आचार्यलाई पनि अख्तियारले सोही आरोप लगाएको छ । अख्तियारले २०७३ भदौ ८ गते भ्रष्ट्राचार मुद्दा दायर गरेको थियो । डा. आचार्यले आइएस्सीको शैक्षिक प्रमाणपत्र नक्कली बनाएर एमबिबिएस अध्ययन गरेको अख्तियारको आरोप छ । सातौँ तहमा सेवा प्रवेश गरेका आचार्यले बढुवा हुँदा पेस गरेको शैक्षिक योग्यता नक्कली पाइएकाले विशेष अदालतमा मुद्दा दायर गरिएको हो ।

आचार्यले आइएस्सी तहको शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र खडा गरी एमबिबिएस अध्ययन गरेको, नेपाल मेडिकल काउन्सिलबाट मेडिकल काउन्सिल सदस्यता दर्ता नम्बर प्राप्त गरेको र सरकारी नियुक्ति लिएको भन्ने उजुरीका आधारमा अनुसन्धान गर्दा यस्तो रहस्य खुलेको अख्तियारको भनाई छ ।

अख्तियारले २०७३ भदौ ७ मा अग्रवाल र ८ गते आचार्यविरुद्ध नक्कली प्रमाणपत्रको मुद्दा दायर गरेको थियो ।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *