फागुनमा ३२ दुर्घटनामा १४ को मृत्यु, ८३ घाइते

चैत्र २, भरतपुर । चितवनमा फागुनमा मात्र ३२ वटा दुर्घटना भएका छन् । जिल्ला ट्राफिक कार्यालय चितवनले फागुन महिनामा मात्र ३२ वटा दुर्घटनामा १४ जनाको मृत्यु भएको जनाएको छ । ती दुर्घटनामा ८३ जना घाइते भएका छन् ।

फागुनमा मात्र नियम पालना नगर्ने ३ हजार ८५० सवारीलाई कारबाही गरिएको जिल्ला ट्राफिक कार्यालयले जनाएको छ । फागुनमा मात्र ९१ जनालाई मापसे कारबाही गरिएको छ । ट्राफिक प्रहरी प्रमुख सन्तोष पन्तका अनुसार फागुनमा मात्र ट्राफिक कार्यालय भरतपुरले २९ लाख ४४ हजार ५०० राजश्व संकलन गरेको छ ।

आर्थिक वर्ष ०७३/३४ चितवनमा १६२ सवारी दुर्घटना भएको छ । यो वर्ष दुर्घटनामा ११४ जनाले ज्यान गुमाए । ०७४/०७५ मा १७३ सवारी दुर्घटना भए । यो वर्ष ८८ जनाको ज्यान गयो । यो आर्थिक वर्ष ०७४/७५ को यही फागुनसम्म १ करोड ९२ लाख ७४ हजार राजश्व संकलन गरेको छ । २०७३/०७४ मा २ करोड १८ लाख ५ हजार ५०० रुपैयाँ राजश्व संकलन भएको थियो । सडक दुर्घटना न्यूनीकरण तथा सडक शिक्षा सम्बन्धमा ट्राफिक प्रहरीले विविध कार्यक्रम गर्दै आएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *