एनसीसी बैंक घोटाला काण्डः सञ्चालक धितालसहित १३ जना पक्राउ (नाम सहित)

चैत २, काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्श बैंक लिमिटेड (एनसीसी) को केन्द्रीय कार्यालयमा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले छापा मारेर १३ जनालार्इ पक्राउ गरेकाे छ । अाज शुक्रबार बैंककाे बोर्ड बैठक जारी रहेको वेला प्रहरीको टोलीले छापा मारी ३० भन्दा बढिलार्इ नियन्त्रणमा लिएकाे थियाे ।

बैंक मर्ज हुँदा करिब २ अर्ब रुपैयाँ घोटाला भएको आशंकामा सीआईबीले शुक्रबार बैंकको बोर्ड बैठक बसिरहेकै वेला एपेक्स बैंकका तत्कालिन अध्यक्ष विष्णुप्रसाद धितालसहित अन्य १३ जनालाई पक्राउ गरेको हो ।

सीआईबीका अनुसार तत्कालिन एपेक्स डेभलपमेन्ट बैंकले दरबारमार्ग, लोकन्थरी, इटहरी, सुर्खेत र नेपालगञ्जका शाखाबाट अनियमित प्रक्रियाबाट कर्जा प्रवाह गरेर १ अर्ब ५० करोड ९६ लाख ३३ हजार ९ सय ८४ रुपैयाँ घोटाला गरेकाे छ । पक्राउ पर्नेहरूमा तत्कालिन एपेक्स डेभलपमेन्ट बैकका अध्यक्ष विष्णु प्रसाद धिताल, तत्कालिन सञ्चालकहरू ईच्छा बहादुर गुरुङ, सुवर्ण राज भण्डारी, मधुवन लाल श्रेष्ठ रहेका छन् ।

त्यसैगरी तत्कालिन एपेक्स डेभलपमेन्ट बैकको निमित्त कार्यकारी अधिकृत ऋषीराज भट्ट, तत्कालिन वरिष्ठ प्रबन्धक दुर्गादत्त जोशी, सहायक महाप्रबन्धक रामचन्द्र बसौला, शाखा प्रबन्धक बिकास श्रेष्ठ, लोकन्थली शाखा प्रमुख सागर नेउपाने, शाखा प्रबन्धक मान बहादुर राउत, सहायक महाप्रबन्धक विनित मणि उपाध्याय, शाखा प्रबन्धक मोहन खरेल र कर्जा अधिकृत सुदिप थापा रहेका छन् ।

बैंकले यसअघि खोला र बगरको जग्गा धितो राखेर नक्कली ऋणी श्रृजना गरेर एपेक्स डेभलपमेन्ट बैंकले दुई अर्ब रुपैयाँको ऋण जारी गरेको थियो । एनसीसी बैंकमा एपेक्स डेभलपमेन्ट बैंक मर्जर भइसकेको छ । एपेक्सका त्यतिखेरका अध्यक्ष विष्णुप्रसाद धिताल र ब्यवस्थापनको मिलेमतोमा ऋण दूरुपयोग भएको थियो । धिताल अहिले एनसीसीमा पनि सदस्य छन् । दुई अर्ब ऋणमध्ये ४८ करोड रुपैयाँ भुक्तानी भइसकेको छ।

यसरी बैंकिङ कसुरमा संलग्नहरुलाई नियन्त्रणमा लिएर बैंकिङ कसुर तथा सजाय ऐन–२०६४ बमोजिम अनुसन्धान शुरु गरिएको केन्द्रिय अनुसन्धान ब्युरोले जनाएको छ ।

उनीहरूलार्इ कमशल धितो भिरालो पाखोबारी, बाटो नपुगेको जग्गाहरुको अधिक मुल्यांकन गरी कर्जा लगानी गरेको समेत अाराेप छ । भने, कृतिम ऋणीहरु खडा गरेकाे, निश्चित क्षेत्रको कमसल जमिनहरुमा विभिन्न ऋणीहरु खडा गरी कर्जा अधिकेन्द्रित गरेको,ऋणीको नक्कली आयस्रोत सम्बन्धी विवरणहरूलाई स्वीकृत गर्ने गरेको, मोटरबाटो नभएको भिरालो पाखो बारीहरु खेत वन क्षेत्र भएको जग्गाहरुमा बाटो भएको प्रमाणित गरेको अाराेप छ ।

यसैगरी धितो निरीक्षण कर्जा निर्णय जग्गा किनबेच,रोक्का, कर्जा तमसुक,कर्जा प्रवाह एकै दिनमा गरेको, कमशल जग्गाहरु धेरै टुक्रा पार्ने र धेरै ऋणीहरुको नाममा धेरै कर्जा दिने गरेको, कर्जा तमसुकहरुमा एकल ऋणीको मात्र सहीछाप गराई साक्षीहरु समेत नराखी कर्जा दिएको,सावा र ब्याज नियमित रुपमा भुक्तान नगरेका ऋणीहरुलाई पून दोस्रो कर्जा प्रवाह गरेको सीअार्इवी स्राेतकाे दावि छ ।

त्यसैगरी एउटै व्यक्तिहरु संचालक हुने र पुराना खराब ऋणीहरूलाई संरक्षण गरेको, सर्वसाधारण निक्षेप कर्ताको निक्षेपको सुरक्षालाई भन्दा ऋणीको सुविधालाई ध्यान दिई कर्जा दुरुपयोग गरेको, अधिकांश धितो मुल्यांकन प्रतिवेदनहरु यथार्थपरक नरहेको पार्इएकाेले नियन्त्रणमा लिएर अनुसन्धान शुरू गरिएकाे प्रहरीकाे भनार्इछ ।

सि.नं.नाम थरपद
१.विष्णु प्रसाद धितालतत्कालिन एपेक्स डेभलपमेन्ट बैकको अध्यक्ष
२.ईच्छा बहादुर गुरुङतत्कालिन एपेक्स डेभलपमेन्ट बैकको संचालक
३.सुवर्ण राज भण्डारी,तत्कालिन एपेक्स डेभलपमेन्ट बैकको संचालक
४.मधुवन लाल श्रेष्ठतत्कालिन एपेक्स डेभलपमेन्ट बैकको संचालक
५.ऋषी राज भट्टतत्कालिन एपेक्स डेभलपमेन्ट बैकको निमित्त कार्यकारी अधिकृत
६.दुर्गा दत्त जोशी,तत्कालिन एपेक्सको डेभलपमेन्ट बैकको वरिष्ठ प्रबन्धक
७.रामचन्द्र बसौलातत्कालिन एपेक्सको डेभलपमेन्ट बैकको सहायक महाप्रबन्धक
८.बिकास श्रेष्ठतत्कालिन एपेक्सको डेभलपमेन्ट बैकको शाखा प्रबन्धक
९.सागर नेउपानेतत्कालिन एपेक्सको डेभलपमेन्ट बैकको लोकन्थली शाखा प्रमुख
१०.मान ब. राउततत्कालिन एपेक्सको डेभलपमेन्ट बैकको शाखा प्रबन्धक
११.विनित मणि उपाध्यायतत्कालिन एपेक्सको डेभलपमेन्ट बैकको सहायक  महाप्रबन्धक
१२.मोहन खरेलतत्कालिन एपेक्सको डेभलपमेन्ट बैकको कर्जा अधिकृत
१३.सुदिप थापातत्कालिन एपेक्सको डेभलपमेन्ट बैकको शाखा प्रबन्धक

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *