एनसीसी बैंकको बोर्ड बैठकमा सीआईबीको छापा, ३० भन्दा बढि अधिकारी पक्राउ

चैत्र २, काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्श बैंक लिमिटेड (एनसीसी) को बाेर्ड बैठक चलिरहँदा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले छापा मारेको छ । अाज शुक्रबार बैंककाे कार्यालयमा बोर्ड बैठक जारी रहेको वेला सीअार्इबीको टोलीले छापा मारेको हो ।

स्राेतका अनुसार बैंक मर्ज हुँदा करिब २ अर्ब रुपैयाँ घोटाला भएको आशंकामा सीआईबीले अनुसन्धानका लागि बैंकमा छापा मारेकाे हाे । प्रहरीले केहीवेरमै घटना बारे विस्तृत विवरण सार्वजनिक गर्ने सीआईबीका प्रमुख डिआईजी पुष्कर कार्कीले बताए ।

सीआईबी स्रोतका अनुसार प्रहरी ३० भन्दा बढी अधिकारीलाई पक्राउ गरेको छ । यद्यपि, उनीहरुको विवरण अहिले सार्वजनिक गरिएको छैन । यसअघि खोला र बगरको जग्गा धितो राखेर नक्कली ऋणी श्रृजना गरेर एपेक्स डेभलपमेन्ट बैंकले दुई अर्ब रुपैयाँको ऋण जारी गरेको थियो । एनसीसी बैंकमा एपेक्स डेभलपमेन्ट बैंक मर्जर भइसकेको छ ।


एपेक्सका त्यतिखेरका अध्यक्ष विष्णुप्रसाद धिताल र ब्यवस्थापनको मिलेमतोमा ऋण दूरुपयोग भएको थियो । धिताल अहिले एनसीसीमा पनि सदस्य छन् । दुई अर्ब ऋणमध्ये ४८ करोड रुपैयाँ भुक्तानी भइसकेको छ।

कर्जा दिने क्रममा तोकिए भन्दा दोब्बर बढी रकम निकासा गरी उनीहरुले घोटाला गरेको आरोपमा सीआइबीले पक्राउ गरेको स्राेतकाे दावि छ ।

 “

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *