अचानक वर्षा भयो सुन, हिरा लगायत बहुमूल्य धातुको !

रुस, चैत २ । कहिले आकाशबाट माछा खसेको, कहिले गड्यौला खसेको खबर प्रकाशमा आउने गर्दछ । तर आकाशबाट सुन, हिराजस्ता बहुमूल्य धातु वर्षिएको घटना सायदै आउने गर्दछ ।

रुसको एक विमानस्थलमा यस्तै घटना भएको छ । तर यसरी सुन, हिरा लगायतका बहुमूल्य धातु वर्षिनुमा कुनै अनौठो रहस्य नभई विमानमा भएको प्राविधिक गडबडी मुख्य कारण रहेको हो ।

एउटा कार्गो प्लेन उडान भर्नेबित्तिकै सुन, हिरा लगायतका बहुमूल्य धातु खसेको हो । विमानको ढोका अचानक खुलेपछि विमानबाट करिब ३००० किलो सुन, हिरा लगायत बहुमूल्य धातु खसेको बताइन्छ ।

विमानमा राखिएको कुल धातुको एक तिहाईभन्दा बढी हिस्सा त्यसरी खसेको अधिकारीहरुको भनाइ छ ।

समाचार एजेन्सीहरुका अनुसार खानीसम्बन्धी कम्पनीले ती धातु लैजान लागेका थिए ।

याकुस्क विमानस्थलमा सो घटना भएको हो । निम्बुस एयरलाइन्सको विमानबाट रनवेमा खसेको बहुमूल्य धातुका भिडियो र तस्वीर सोशल मिडियामा भाइरल बनेको छ ।

अधिकारीहरुका अनुसार ढोका खुलेपछि विमानलाई करिब १२ किलोमिटर पर एउटा गाउँमा आपतकालिन अवतरण गराइएको थियो । विमानका चालक दलका सदस्यहरु सुरक्षित रहेको बताइएको छ ।

विमानबाट खसेका धातुमध्ये कति फेला पर्यो र कति हरायो भन्ने प्रष्ट विवरण प्राप्त हुन सकेको छैन । विमानस्थलको रनवेलाई बन्द गरेर खोजीमा एउटा टोली नै परिचालन गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *