प्रदेश ३ को बजेट चैत २० भित्रै, जनप्रतिनिधिको सेवा सुविधा तोकियो

मकवानपुर, चैत २ ।  तीन नम्बर प्रदेश सरकारले चैत २० गतेभित्र चालू आर्थिक वर्षका लागि बजेट ल्याउने भएको छ । गएराति १० बजे सम्पन्न मन्त्रीपरिषद बैठकपछि सरकारका प्रवक्ता एवं आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले चैत २० गतेभित्र बजेट एवं नीति तथा कार्यक्रम ल्याउने जानकारी दिनुभयो ।

बिहीबारको मन्त्रीपरिषद बैठकले सरकारको प्रवक्ताको जिम्मेवारी ढुंगेललाई दिने निर्णय गरेको छ । बैठकले स्थानीय तहका पदाधिकारीहरुको सेवा सुविधा पनि निर्धारण गरेको छ । महानगरपालिकाका मेयरले ४६ हजार, उपमेयरले ४० हजार २ सय र वडाध्यक्षले २८ हजार रुपैयाँ पाउनेछन् ।

यस्तै उपमहानगरपालिकाका मेयरले ४० हजार २ सय, उपमेयरले ३५ हजार र वडाध्यक्षले २५ हजार रुपैयाँ पाउनेछन् । नगरपालिकाका मेयरले ३५ हजार, उपमेयरले ३१ हजार र वडाध्यक्षले २२ हजार रुपैयाँ पाउनेछन् । गाउँपालिकाका अध्यक्षले ३१ हजार पाउनेछन् भने उपाध्यक्षले २७ हजार र वडाध्यक्षले २० हजार रुपैयाँ पाउनेछन् । स्थानीय तहका पदाधिकारीको सेवा सुविधा संसदबाट पारित गरेपछि लागू हुने जनाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *