आर्सनल युरोपा लिग फुटबलको क्वाटरफाइनलमा

काठमाडौं, चैत २ ।  एसी मिलानलाई पाखा लगाउँदै आर्सनल युरोपा लिग फुटबलको क्वाटरफाइनलमा पुगेको छ । गएराति आफ्नै मैदानमा भएको खेलमा इंग्लिस क्लब आर्सनलले ईटालीको एसी मिलानलाई ३–१ ले हरायो । आर्सनलका लागि ड्यानी वेल्बेकले दुई गोल गरे भने ग्रानिट झाकाले एक गोल गरे ।

पहिलो लेगमा २-० ले विजयी भएको आर्सनल समग्रमा ५-१ को फराकिलो जित निकाल्दै क्वाटरफाइनलमा पुगेको हो ।

युरोपा लिग प्रि–क्वाटरफाईनलका अन्य खेलहरुमा रुसको लोकोमोटिभ मस्कोलाई हराउँदै स्पेनको एथ्लेटिको मड्रिड क्वाटरफाइनलमा पुग्यो भने अर्को स्पेनिस क्लव एथ्लेटिक बिल्बाओलाई फ्रान्सको मार्सेले समग्रमा ५–२ ले पराजित गर्‍यो ।

यसैगरी युक्रेनको डाईनामो किभलाई हराउँदै ईटालीको लाजियो, चेक गणतन्त्रको भिक्टोरिया प्लेजेनलाई हराउँदै पोर्चुगलको स्पोर्टिङ, रुसको जेनिथलाई हराउँदै जर्मनीको आरबी लेप्जीग, फ्रान्सको लियोंलाई पाखा लगाउँदै रुसको सिएसकेए मस्को र जर्मनीको बोरुसीया डर्टमण्डलाई हराउँदै अष्ट्रियाको साल्जबर्ग पनि युरोपा लिगको क्वाटरफाइनलमा पुगेका छन् ।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *