यहि चैत १७ गतेदेखि सर्वाधिक पुरस्कार राशीको डीपीएल धनगढीमा

काठमाडौं, चैत २ । यहि चैत १७ गतेदेखि धनगढीमा सुरु हुने धनगढी प्रिमियर लिग डीपीएलले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीबाट मान्यता पाएको छ । आईसीसीका सिनियर क्रिकेट अपरेशन म्यानेजर क्लिभ हिटकोक पत्र पठाएर डिपिएललाई मान्यता दिएको आयोजक धनगढी क्रिकेट एकेडेमीले जनाएको छ ।

आइसीसीको मान्यतासँगै प्रतियोगितामा सहभागी टोलीले कुनैपनि उच्चस्तरका विदेशी खेलाडीलाई टोलीसँग अनुबन्ध गर्न सहज भएको छ । रुस्लान डीपीएल–२लाई आइसीसीले मान्यता दिँदै आफ्ना सम्पूर्ण सदस्यहरुलाई जानकारी गराउँनुले नेपाली घरेलु प्रतियोगिताले अन्तराष्ट्रियस्तरमा थप महत्व र उचाई हासिल गरेको आयोजकले जनाएको छ ।

प्रतियोगितामा काठमाडौं गोल्डन्स, विराटनगर किंग्स, रुपेन्देही च्यालेन्जर्स, सिवाइसी अत्तरिया, महेन्द्रनगर युनाइटेड र टीम चौराह धनगढीले खेल्दैछन ।  प्रतियोगिताको अक्सन गत फागुन ९ गते काठमाडौंमा सम्पन्न भइसकेको छ । सर्वाधिक पुरस्कार राशीको प्रतियोगिताको विजेताले २५ तथा उपविजेताले १० लाख पाउँनेछन् । यस्तै तेस्रो हुने टीमले तीन तथा चौथो हुने टोलीलाई दुई लाख दिइने यसअघि नै घोषणा भइसकेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *