‘दलित’ भन्दै पत्रकारलाई कोठा नदिने घरबेटी कमला गौतम धरौटीमा रिहा

काठमाडौं, चैत १ । सानो जात भन्दै पत्रकारलाई कोठामा बस्न नदिएकी घरधनी कमला गौतम धरौटीमा छुटेकी छिन् । काठमाडौँ जिल्ला अदालतमा बिहीबार भएको इजालसबाट न्यायाधीस बाबु काँजी बानियाँले उनलाई १० हजार धरौटी सहित तारिखमा छोड्ने आदेश दिएका हुन ।  इजालसमा वादीको तर्फदेखि मोहन शशांकर र श्याम कुमार विश्वकमाले बहर गरेका थिए भने प्रतिवादीको तर्फ देखि उत्तम प्रसाद सापकोटाले बहस गरेका थिए ।

पीडितहरुको जाहेरीमा महानगरिय प्रहरी वृत्त बानेश्वरले कमला गौतमलाई माघ २३ गते पक्राउ गरि अनुसन्धान अगाडी बढाएको थियो । विक्रम सुनार र मिलन विश्वकर्माबाट अग्रिम रकम लिए पनि जात थाहा पाएपछि थापागाउँकी कमलाले आफ्नो घरमा बस्न नदिने बताएकी थिइन् । उक्त कार्य अमानवीय र गैरकानुनी भएको बताउदैं पिडितहरुले प्रहरीमा उजुरी दिएका थिए ।  पिडित मिलन विश्वकर्माले दलित आन्दोलनको लागि गौतमलाई ९ दिन सम्म थुनामा राख्नु उपलब्धी मुलक भएकोे बताए । यद्यपी दलित आन्दोलनको लागि यो दुखद पक्ष पनि भएको बताउदै उनले अझ सशक्त भएर मुद्दा लड्ने बताए ।

यस्तै बिक्रम सुनारले दोषी धरौटीमा छुटे पनि कानुनी कारबाही दिलाउने प्रतिवद्धता व्यक्त गरे । यो अवधीमा बिभिन्न किसिमका चलखेलहरु भएको बताउदै उनले यस्ता प्रवृतीले कुनै पनि पिडितले न्याय नपाउने बताए ।  विश्वकर्मा अर्थिक अभियानमा र सुनार इन्स्योरेन्स खबर डट कममा कार्यरत छन् भने अर्का पिडित रिमराज सुनार भने स्नातकोत्तर अध्ययन गर्दैछन् ।  फागुन ५ गते दुई कोठा बुक गरेर फागुन २० गते सामान लिएर जाँदा उनीहरुलाई श्यामप्रसाद र कमलाले फर्काएका थिए । पिडितहरुका अनुसार कमलाले दलित भएको थाहा पाए पछि कोठामा बस्न बन्देज गरेकी थिइन ।

जातीय छुवाछुत तथा जातीय कसुर सजाय ऐन, २०६८ ले विभेद गर्नेलाई एक महिनादेखि ३ वर्षसम्म कैद वा पाँच सयदेखि २५ हजार रुपैयाँसम्म जरिवाना वा दुबै सजाय हुन सक्ने व्यवस्था गरेको छ । यस मुद्दालाई डिएनएफ, पिडिआरसी, दियालो मिडिया, दलित सेवा संघ, द—लिड शशक्त युवा समुह लगायतका संघ संस्था र पत्रकारहरुको संयुक्त पहलमा अगाडी बढाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *