लागू अाैषधसहित एक युवा पक्राउ

चैत्र १, माेरङ । माेरङ प्रहरीले एक युवालार्इ लागू अाैषध सहित पक्राउ गरेकाे छ । माेरङ निमुवा स्थित इलाका प्रहरी कार्यालयले मोरङ बुढीगंगा गाउँपालिका ४ स्थित राहुल पेट्रोल पम्प अगाडीबाट लागुऔषध टिडिजेसिकसहित एक युवालार्इ पक्राउ गरेकाे हाे ।

हिजाे राती दुहवी नगरपालिका ५ बस्ने अजय खड्कालार्इ प्रेटाेल पम्प अगाडीबाट लागू अाैषध सहित पक्राउ गरिएकाे इलाका प्रहरी कार्यालयले जानकारी दिएकाे छ । प्रहरीले खड्काकाे साथबाट लुपिजेसिक ७ एम्पुल, एभिल ७ एम्पुल, डाईजेल्याब ७ एम्पुल फेला पारेकाे छ ।

सोही ठाउँबाट प्रहरीले दुहवी नगरपालिका ५ बस्ने सुमन राईलाई समेत लागुऔषध ओसार पसारमा संलग्न रहेको आंशकामा नियन्त्रणमा लिएको छ। दुबै जनालाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यलय माेरङ पठार्इएकाे छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *