बलात्कार गरेको आरोपमा चारजना पक्राउ

मोरङ, चैत १ । उर्लाबारी–४ मा १५ वर्षीया एक किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले आज चार जनालाई पक्राउ गरेका छन् ।

पक्राउ पर्नेमा उर्लाबारी–४ का ३७ वर्षीय दिलीप माझी, २६ वर्षीय बुद्ध शिवा, २१ वर्षीय अर्जुन परियार र २६ वर्षीय केवल सुन्दास रहेको इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक चन्द्रबहादुर थापाले जानकारी दिए ।

उर्लाबारी–४ स्थित किशान चोक नजिकै सोल्टी खोलामा १५ वर्षीया एक किशोरीलाई उनीहरुले बुधबार साँझ सामूहिक बलात्कार गरेका थिए । अर्की एक सोही उमेरकी किशोरी ती युवाबाट उम्केर प्रहरीलाई खबर गरेकी थिइन् ।

पक्राउ परेका सबैलाई जिल्ला अदालत मोरङमा जबर्जस्ती करणीअन्तर्गत मुद्दा दर्ता गरिएको प्रहरी निरीक्षक थापाले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *