नेपालले हान्यो पहिलो छक्का, पारस खड्का आउट

काठमाडौं, चैत १ । पपुवा न्युगिनी विरुद्धको खेलमा नेपालले एक छक्का र दुई चौका प्रहार गरेको छ । कप्तान पारस खड्काले एउटा छक्का र दुईवटा चौका प्रहार गरे भने अनिल शाहले एउटा चौका जोडे ।

११५ रनको लक्ष्य पाएको नेपालले यतिबेला ६ ओभरको खेल सकिंदा एकै ओभरमा १६ रन जोडेको थियो ।
नेपालले सात ओभरको खेलमा ३ विकेट गुमाउँदै ३५ रन जोडेको छ । पारसले एकै ओभरमा एउटा छक्का र दुईवटा चौका जोडेका थिए ।

नेपालले तेस्रो विकेट गुमाएको छ । सातौं ओभरको खेल शुरुमै पारस खड्का आउट भएका छन् । नेपालले दोस्रो ओभरमा उपकप्तान ज्ञानेन्द्र मल्ल र तेस्रो ओभरमा अनिल साहलाई गुमाएको हो ।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *