नेपाललाई ११५ रनको सहज लक्ष्य

काठमाडौं, चैत १ । विश्वकप छनोटको प्ले अफमा पपुवा न्युगिनी विरुद्ध नेपालले ११५ रनको लक्ष्य पाएको छ । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको पीएनजी २७ ओभर २ बलमा ११४ रन जोड्दा अलआउट भयो ।

सन्दीपले व्यक्तिगत ४ विकेट लिँदै बनाएको दबाबको फाइदा उठाउँदै दीपेन्द्रले पनि पीएनजीका ४ खेलाडीलाई पेबेलियनको बाटो देखाए । बाँकी २ विकेट सोमपाल कामी र करण केसीको नाममा रह्यो ।

अबको केही बेरपछि नेपालले ब्याटिङ गर्नेछ । पपुवा न्युगिनी विरुद्धको खेलमा नेपाली बलरहरु हावी भएपछि नेपाली दर्शकमा आशा जागेको देखिन्छ । आजको खेल जित्दा नेपालले इतिहासमै पहिलोपटक एकदिवसीय मान्यता पाउने सम्भावना छ भने हारेमा डिभिजन टूमा घटुवा हुने खतरा ।

प्लेअफको अर्को खेलमा हङकङले नेदरल्याण्ड्ससंग प्रतिस्पर्धा गरिरहेको छ । यो खेलमा नेदरल्याण्ड्सले जितेको खण्डमा नेपाल र पीएनजीबीचको खेलको विजेताले एकदिवसीय मान्यता पाउने छ । हङकङले जितेमा भने त्यसपछि हुने सातौं स्थानको प्लेअफ जित्ने टोलीलाई सो सौभाग्य प्राप्त हुनेछ ।

आईसीसी विश्व क्रिकेट लिग च्याम्पियन्सिप विजेताको हैसियतमा नेदरल्याण्डले एकदिवसीय मान्यता पाइसकेको छ ।

जारी प्रतियोगितामा समूह एुमा रहेको पीएनजीले हालसम्म एक खेल पनि जितेको छैन, समूह बीुमा रहेको नेपालले चारमध्ये १ खेल जितेको छ । समूह बीमा चौंथो भएको नेपालले अर्को समूहमा अन्तिम भएको टोलीसंग प्रतिस्पर्धा गर्न लागेको हो ।

https://youtu.be/YSifRBx2ZQ4

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *