छोरीको शव बुझ्न नदिएपछि भक्कानिदै उर्मिलाले भनिन्–‘मैले दागवत्ती दिन पाउनुपर्छ’ (भिडियाे सहित)

चैत्र १, काठमाडाैं । ‘मैले निकै दुःखले हुर्काएको छोरीको शव आफ्नै हातले दागबत्ती दिएर जलाउन पाउनुपर्छ । मैले पालेकाे, पढाएको छाेरीमा मेराे हक लाग्छ ।’ बुधवार बेलुकी मार्इतीघर मण्डलामा अायाेजित द्वीप प्रज्वलन कार्यक्रममा उर्मिला प्रधानले यसाे भनिरहँदा सबैका गला अवरुद्ध भए ।

दशक अगाडी पतिसँग सम्बन्ध विच्छेद गरेर एक्लै बसेकी उर्मिलाले एक्लै छाेरीकाे लालन पालन मात्र गरिनन् एमविविएस समेत पढार्इन् । तर, अर्की श्रीमतीसँग बस्दै आएका पूर्व श्रीमान् गजेन्द्र थापाले अहिले आएर छाेरी श्वेताको मृत्युपछि शव दाबी गर्न आएपछि उर्मिलाकाे होस हवास नै हरायाे ।

गत सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको यूएस बङ्गला एयरलायन्सको विमान दुर्घटनामा परी २४ वर्षीया एक्ली छाेरी स्वेतालार्इ गुमाएकी उर्मिला प्रधान पोस्ट्रमार्टममा राखिएको छोरीको शवको पहिचानसहित हुलिया विवरण दिएर शव बुझ्न अस्पताल पुगेकी थिइन् । तर, उनलार्इ कसैले छाेरीकाे सब कहाँ छ भनेर जानकारी दिएन । विक्षिप्त अवस्थामा थिइन् ।

 दुर्इदिन देखि अस्पताल परिसरमा छाेरीकाे सब खाेज्दै गर्दा एक्कासि पूर्व श्रीमानले शव दाबी गर्न आएपछि उनी आश्चर्य चकित बनिन् । ‘मलार्इ र छाेरीलार्इ छाडेर अर्की श्रीमती ल्याएर बसेकाे मान्छेले मैले दुःख गरेर हुर्काएकी पढाएकी छाेरीलार्इ कसरी अाफ्नाे भन्न पाउँछ । मलार्इ न्याय दिनु पर्याे ।’ उनले बुधवार साँझ माइतीघर मण्डलामा अायाेजित द्वीप प्रज्वलन कार्यक्रममा भनिन् । ‘मैले नै मेराे छाेरीकाे शबकाे दाह संस्कार गर्न पाउनुपर्छ ।’

नुवाकोटको विदुर नगरपालिकास्थित थुम्काका गजेन्द्र थापासँग उर्मिलाको दशकअघि सम्बन्ध विच्छेद भएको थियो । सम्बन्धविच्छेद भएदेखि नै गजेन्द्र थापा छोरी श्वेतालाई उर्मिलासँगै छाडेर अर्की श्रीमती लिएर छुट्टै बस्दै आएका थिए । श्वेतालाई हुर्काउने र पढाउने सबै काम आमा उर्मिलाले नै गरेकी थिइन् ।

उर्मिलाले छोरीलाई डाक्टर बनाउन नेपाल राष्ट्रिय वाणिज्य बैङ्कको ललितपुर शाखाबाट २० लाख रुपैयाँको शैक्षिक कर्जा लिएर पढाएको बतार्इन् । उसले हामीलार्इ दुःख दिएर गयाे, अहिले छाेरीकाे सब माथि राजनीति गर्न खाेज्दैछ ।’ विच्छिप्त हुँदै उनले भनिन् ।

कानुनी रूपमै सम्बन्ध विच्छेद गरेर अहिले ललितपुरको गोदावरी टौखेलमा छुट्टै घर बनाएर बस्दै आएकी उर्मिलाले छोरीलाई डाक्टर बनाउन बङ्गलादेशको सिलेटस्थित जलालाबादको रागिव रवैया मेडिकल कलेजलाई ३८ हजार डलर बुझाएकी थिइन् । त्यहाँ होस्टेलमा बसेबापत थप ५ सय डलर तिर्नुपर्ने थियो । गत सोमबारको दुर्घटनामा ज्यान गुमाएकी श्वेता एमबीबीएस अध्ययन पूरा गरेर घर फर्किँदै थिइन् । उनले काठमाडौँ आएपछि आमालाई चन्द्रागिरी र पोखरा जाने योजना बनाउन भनेकी थिइन् ।

‘केही दिन अगाडी फाेन गरेर मामु हामी चन्द्रागिरी, पाेखरा जाने है भनेकी प्लेन अाेर्लंदै गर्दा यस्ताे भयाे ।’ उनी भक्कानिर्इन् ।‘बङ्गलादेशको विमान अवलतरण हुँदै छ भन्ने सूचना आयो । अब ४० मिनेटपछि छाेरी बाहिर आउँछे भनेर खुसी भएको थिएँ तर, कहिल्लै नआउने गरी गर्इन् ।’ उनले अब छोरीको शव आफ्नै हातले दागबत्ती दिएर जलाउन पाउनुपर्ने भन्दै प्रहरी प्रशासनले अाफुलार्इ सहयाेग नगरेकाे बतार्इन् । ‘मलार्इ छाेरीकाे सब हेर्न समेत दिर्इएकाे छैन, उनले भनिन् ।

बुधवार युएस बङ्गला विमान दुर्घटनामा दिवङ्गत भएकाहरूकाे शान्तिको लागि मार्इतिघर मण्डलामा द्वीप प्रज्वलन गरिएको थियाे ।

हेर्नुहाेस् भिडियाे

 “

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *