बसको ठक्करबाट ५५ वर्षीय महराको मृत्यु

भीमदत्तनगर, चैत १ । भारतको नयाँ दिल्लीदेखि काठमाडौँतर्फ गइरहेको बसको ठक्करबाट बुधबार राति कञ्चनपुरको भीमदत्तनगरमा पैदल यात्रुको मृत्यु भएको छ ।

मृत्यु हुनेमा दार्चुलाको महाकाली नगरपालिका–३ का ५५ वर्षीय वीरसिंह महरा रहेका छन् ।

नयाँ दिल्लीबाट पश्चिमी नाका गड्डाचौकी हुँदै काठमाडौँ  गइरहेको मञ्जुश्री यातायातको बा४ख २३८९ नं को बसले पूर्व–पश्चिम राजमार्गको भीमदत्तनगर–बनखेत सडक खण्डमा ठक्कर दिँदा महराको मृत्यु भएको हो ।

मृतकको शव महाकाली अञ्चल अस्पतालमा राखिएको छ । बस चालकलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *