माध्यमिक शिक्षा परीक्षा एसइईको सम्पूर्ण तयारी पूरा

काठमाडौं, चैत १ । आगामी चैत ८ गतेदेखि सन्चालन हुने माध्यमिक शिक्षा परीक्षा एसइईको सम्पूर्ण तयारी पूरा भएको छ । परीक्षा नियन्त्रक कार्यालय सानोठिमीले परीक्षाका लागि सबै ठाउँमा उत्तर पुस्तिका पुर्याउनेदेखि जनशक्ति व्यवस्थापनको काम समेत सकिएको जनाएको छ । यस वर्षको एसइई परीक्षामा ४ लाख ७५ हजार ५ सय ६६ जना विद्यार्थी सहभागी हुँदैछन् ।

जसमा एक्जाम्टेडतर्फ २४ हजार ५१ जना विद्यार्थी छन् । एसइई परीक्षाका लागि १ हजार ९ सय ५६ ओटा परीक्षा केन्द्र तोकिएको छ । २५ विद्यार्थी बराबर एकजना परीक्षा निरीक्षकको व्यवस्था गरिएको छ ।

यस्तै, परीक्षा सन्चालन गर्न एक परीक्षा केन्द्र बराबर १५ जना सुरक्षाकर्मी खटिने परीक्षा नियन्त्रक अम्बिका रेग्मीले जानकारी दिनुभयो । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले नियमित र एक्जाम्टेडतर्फका विद्यार्थीका लागि फरक–फरक प्रश्नपत्र तयार पारेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *