आज बिहिबार, तपाईको राशिफल यस्तो छ

काठमाडौं, चैत १ । मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) दाजुभाई सँग मनमुटाव बढ्नेछ भने सामान्य स्वास्थ्य सम्बन्धि समस्या आउँन सक्छ खानपानमा ध्यान लिनुहोला । परिश्रम गरे अनुशार प्रतिफल प्राप्त नहुँने हुँनाले काम गर्न मन लाग्ने छैन । पढाई लेखाई अरुकै लहैलहैमा लाग्नाले भनेजस्तो नतिजा आउँने छैन भने अरुनै हावि हुँनेछन् । व्यापारमा प्रशस्त समय दिएपनि भनेजस्तो आम्दानि नहुँने हुँदा आर्थिक पाटाहरु बिग्रनेछन् ।

शुभ अंक — २

शुभ रंग — गुलावी

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वा) प्रतिष्पर्धिहरु परास्त हुँनेछन् भने नयाँ काम पाउँने तथा नोकरिमा बुढुवा हुँने योग रहेकोछ । व्यापार व्यावसाय फस्टाएर जानेछ भने नयाँ पछि सम्म आम्दानि भईरहने व्यावसायमा लगानि गरि रोजगारिको अवसरहरु सिर्जना गर्न सकिनेछ । अध्ययनमा बिजय हुँने योग रहेकोछ भने अन्य साथिहरुलाई किनारा लगाउँदै पुरस्कार हात पार्न सकिनेछ । राजनिति तथा समाजसेवामा समय दिनेहरुले पद पाउँने समय रहेकोछ ।

शुभ अंक — २

शुभ रंग —  सेतो

 

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) समुदायको हक हितको निम्ति काम गर्ने अवसर आएपनि असजिला परिस्थितिहरुको सामना गर्नुपर्नेछ । पढाई लेखाईमा ध्यान नजादा सफलता हात पार्न मुस्किल रहेकोछ । व्यापार व्यावसायमा लगानि गरेपनि भनेजस्तो आम्दानि नहुँदा मन दुखि हुँनेछ । माया प्रेममा अबिश्वास बढ्नेछ भने जीवन साथि सँग सामान्य मनमुटाव सिर्जना हुँनेछ । धार्मिक तथा शैक्षिक यात्राको प्रशस्त सम्भावना रहेको भएपनि बाटामा असहज परिस्थितिको सामना गर्नुपर्नेछ ।

शुभ अंक —३

शुभ रंग — हरियो

 

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) बाटो हिड्दा वा सवारि चलाउँदा ख्याल गर्नुहोला समय मध्ययम रहेकोछ । पानिसँग सम्बन्धित व्यावसाय खस्केर जाने योग रहेकोछ । स्वास्थ्यमा समस्या देखापर्ने तथा औषधि उपचार खर्च बढ्ने योग रहेकोछ । मन कमजोर हुँने हुँदा पढाई लेखाईमा मन जाने छैन भने अरुभन्दा पछि परिनेछ । परिस्थितिले ऋण लगाउँने तथा बिभिन्न समस्याहरुको सामना गर्नुपर्नेछ ।

शुभ अंक — ४

शुभ रंग — सेतो

 

सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) व्यावसाय फस्टाएर जाने हुँनाले मनग्गे नाफा कमाउँन सकिने तथा थप लगानि गर्न सकिनेछ । लामो दुरिको व्यावसायिक यात्राको अधिक सम्भावना रहेकोछ । सवारि साधन तथा भौतिक सम्पति हात लागि हुँनेछ भने बिलाशि बस्तुहरुको प्रयोग मार्फत अरुको मन आफुतिर आकषित गर्न सकिनेछ । प्रेममा रमाउँन चाहनेहरुका लागि समयले साथ दिने हुँदा मन प्रसन्न रहनेछ ।

शुभ अंक —६

शुभ रंग —  कफि

 

कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पा) रमाईलो बाताबरणमा आफन्त सँग सहभागि भई मिष्टान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । बिवाद तथा प्रतिष्पर्धामा तपाईकै जित हुनेछ भने सहयोगिको साथ पाईने हुनाले नया प्रकृतिको काम गरि मनग्गे धन तथा सम्पति आर्जन गर्न सकिनेछ । पढाई लेखाईमा एक कदम अगाडि बढि नतिजा हात पार्न सकिनेछ । माया प्रेममा रमाउन चाहनेहरुका लागि समयले साथ दिनेछ ।

शुभ अंक — २

शुभ रंग  — निलो

 

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते) शिक्षामा गरिएको लगानिबाट भनेजस्तो आम्दानि नहुँने तथा बिद्यार्थि वर्गले चाहेजस्तो सफलता हात लगाउँन निकैनै मेहनेत गर्नु पर्नेछ । भौतिक सम्पति प्रयोग गर्दा ध्यान दिनुहोला अप्रिर्य घट्ना नघट्ला भन्न सकिन्न । माया प्रेममा अबिश्वास बढ्ने तथा पति पत्निबिच एक अर्कालाई शंकाको दृष्टिले हेदा समस्या उत्पन्न हुँनेछ । खानपानमा ध्यान दिनुहोला पेट सम्बन्धि समस्या नआउँला भन्न सकिन्न ।

शुभ अंक — ४

शुभ रंग —  निलो

 

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) सर्बसाधारण सँग सन्तुलित व्याबहार गर्नुहोला काम बिग्रने हुँदा मान सम्मानमा आघात पुग्नेछ । अध्ययन अध्यापनमा तपाईको कमजोर उपश्थितिको फाईदा अरुले उँठाउँन सक्छन् ध्यान दिनुहोला । आमा वा आमा सरहका मानससँग टाडिएर देश परदेशको यात्रा गर्दा मन बिचलित हुँनेछ । व्यापार व्यावसायमा न्यून नाँफा हुँने हुँनाले दैनिकि कष्टकर हुँनेछ भने कृषि तथा पशुपालन व्यावसाय फस्टाएर जानेछ । माया प्रेममा मनमुटावको अवस्था सिर्जना हुँनेछ ।

शुभ अंक — ५

शुभ रंग  — रातो

धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) बादबिवाद तथा प्रतिस्पर्धामा तपाईकै जित हुँनेछ भने मुद्दा मामिला तथा न्यालयबाट हुँने न्याय सम्पादन तपाईकै पक्षमा हुँनेछन् । दाजुभाई तथा छिमेकिसँगको सम्बन्ध सुदृड भएर जानेछ । बिद्या बिद्यार्थीहरुले सफलता प्राप्त गर्न सक्नेछन् । छोटो तथा रमाईलो यात्राको तय हुँनेछ । माया प्रेम तथा पति पत्नि बिच बिश्वासको बाताबरणमा थप प्रगाडता आउनेछ । जिवन शैलिमा सुधार हुनुको साथै समयको महत्व बुझ्दा अगाडि बढ्न सहज हुँनेछ ।

शुभ  अंक — ६

शुभ रंग —  पहेलो

 

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) आफन्त तथा कुटुम्बसँग व्यावहार गर्दा वा कुनै पनि काम गर्दा साबधानि अपनाउँनुहोला कामहरु बिग्रने तथा मनमुटाब पैदा हुँन सक्छ । समय मध्ययम रहेकोले परिबन्धमा परिने तथा झै झगडा हुँने अधिक सम्भावना रहेकोछ । माया प्रेममा नचाहादा नचाहादै छुट्टिनुपर्दा मन खिन्न हुँनेछ । पारिवारिक माहोलमा मिठो मसिनो भोजन गर्ने अवसर जुर्ने भएपनि  खानपानको तालमेल नमिल्दा सामान्य स्वास्थ्य सम्बन्धि समस्या आउँनेछ । पढाई लेखाईमा अल्छि गर्नाले अरुभन्दा पछि परिनेछ ।

शुभ अंक —६

शुभ रंग — हरियो

 

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा) राम्रा तथा सामाजिक काम गरि अरुको मन आफुतिर आकर्षित गर्न सकिनेछ । सानो प्रयत्नले ठुलो काम बन्ने हुँदा आर्थिक रुपमा सबल होईनेछ । थोरै स्रोत साधन प्रयोग गरि असिमित आवस्यक्ता हरु पुरा गर्न सकिनेछ । प्रेम प्रशङमा रमाउँन चाहानेहरुका लागि दिनले साथ दिने हुँदा मिठा मिठा कुरा गरि समय व्यातित गर्न सकिनेछ । पढाईमा प्रगति हुँने तथा नतिजा तपाई आफ्नै पोल्टोमा पर्नेछ ।

शुभ अंक — २

शुभ रंग — सेतो

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) खानपानमा ध्यान दिनुहोला समान्य स्वास्थ्य सम्बन्धि समस्या आउँनेछ । लामो दुरिको बिदेश यात्राको तय हुँनेछ । आफन्त तथा परिवारकै सदस्यहरुबाट सहयोग नपाईने हुँदा कामहरु थाति रहनेछ । व्यापारमा लगानि गर्ने समय नरहेकोले केहि समय पर्ख र हेरको रणनिति अपनाउँनुहोला । माया प्रेममा अरुकै नकारात्मक टिका टिप्पणिले मनमुटाव बढ्ने योग रहेकोछ भने पति पत्निबिच अबिश्वास बढ्ने योग रहेकोछ ।

शुभ अंक — ३

शुभ रंग — सुन्तला”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *