दुर्घटनामा साइकल यात्रीको मृत्यु
मकालु खबर
२०७४ जेठ १५ गते
“रत्ननगर ३० फागुन । गाडीको ठक्करबाट एक साइकल यात्रीको मृत्यु भएको छ । बुधबार साँझ रत्ननगर १ हरिहर मन्दिरनजिक भएको दुर्घटनामा स्थानीय ७४ वर्षका रेशमबहादुर कार्कीको मृत्यु भएको इलाका प्रहरी कार्यालय रत्ननगरका डिएसपी बासुदेव खतिवडाले जानकारी दिए ।
साइकलमा सवार कार्कीलाई बाटो काट्न खोज्दा पश्चिमबाट भएको बा ३ ख २३५४ नम्वरको गाडीले ठक्कर दिएको थियो । उनको घटना स्थलमै मृत्य भएको प्रहरीले जनाएको छ । गाडी चालक फरार रहेको प्रहरीले भनाइ छ ।”
मकालु खबर
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित