६ वर्षीया बालिका बलात्कृत

गुल्मी, फागुन ३० । पर्सामा ८ वर्षीया बालिका बलात्कृत भएर जीवन मरणको दोसाँधमा रहेकै अवस्थामा फेरी अर्की ६ वर्षीया बालिका बलात्कृत भएकी छन् । गुल्मी जिल्लाको इस्मा गाउँपालिकाकी बालिका मंगलबार बलात्कृत भएकी हुन् ।

बालिकाको जिल्ला अस्पताल तम्घासमा स्वास्थ्य परीक्षण गरी बुधबार थप उपचारका लागि पाल्पा रिफर गरिएको छ । इस्मा गाउँपालिकाको न्यायिक समितिको संयोजक तथा उपप्रमुख बिमला खत्रीले बालिका रगतताम्य अवस्थामा भएकाले तत्काल उपचारको लागि सदरमुकाम पठाएको जानकारी दिइन् ।

बालिका बलात्कार गरेको आरोपमा गुल्मीको इस्मा गाउँपालिका(४ का १६ वर्षीय हिमाल दमाई (दर्जी)लार्ई प्रहरीले पक्राउ गरेको छ । मंगलबार साँझ ४ बजे ६ वर्षीया बालिकालाई चाउचाउ र बिस्कुटको लोभ देखाइ दर्जीले बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक अनुरागकुमार द्धिबेदीले जानकारी दिए ।

परिवारको उजुरीका आधारमा दर्जीलाई इस्मा प्रहरीले नियन्त्रणमा लिई मंगलबार नै जिल्ला प्रहरी कार्यालयमा ल्याइएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी सहायक निरीक्षक सत्य यादवले जानकारी दिए ।

आरोपित अहिले प्रहरी नियन्त्रणमा छन् । उनले बालिका बलात्कार गरेको स्वीकारेको प्रहरीले जनाएको छ ।

प्रहरी नियन्त्रणमा रहेका युवा माथी थप अनुसन्धान भइरहेको र थप कानुनी कारबाही अगाडि बढाउने तयारी भैरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक द्धिबेदीले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *