प्रधानन्यायाधीशलाई पदमुक्त गर्ने सचिवलाई कारबाही गर्ने तयारी

काठमाडौं, फागुन ३० । प्रधानन्यायाधीश गोपाल पराजुलीलाई पदमा नरहेको पत्र काट्ने न्याय परिषदका सचिव नृपध्वज निरौलालाई नै कारबाही गरिने तयारी भएको छ । निरौलाले परिषद्को सचिवस्तरीय निर्णय गरी पराजुली पदमा नरहेको पत्र दिएका थिए ।

नवनिर्वाचित राष्ट्रपति विद्यादेवी भण्डारीलाई सपथ खुवाउनुपूर्व नै उक्त पत्र आएको थियो । भण्डारीलाई सपथ खुवाउन शितलनिवास पुगेका प्रधान्यायाधीश पराजुली र प्रधानमन्त्रीवीच करिब आधा घण्टा छलफल भएको थियो । सोही कारण सपथ केही ढिला गरि सुरु भएको थियो ।

उच्च स्रोतले दिएको जानकारी अनुसार प्रधानमन्त्री ओलीले समेत न्यायपरिषदको कदम गलत भएको बताएका थिए ।

राष्ट्रपति भण्डारीलाई सपथ खुवाउन शीतल निवास पुगेका प्रधानन्यायाधीश पराजुलीलाई न्याय परिषद्ले पदमा नरहेको पत्र थमाएको हो ।

न्याय परिषद सचिवालयले काटेको पत्रमा पराजुली उमेर हदका कारण दमा नरहेको उल्लेख छ । पराजुलीले ३१ साउनमै ६५ वर्ष उमेर पुरा गरेको परिषद्ले जनाएको छ ।

परिषदका सचिव निरौलाद्धारा हस्ताक्षरित पत्रमा न्याय परिषद् ऐन २०७३ को दफा ३१ मा कुनै न्यायाधीश उमेरका कारण अवकास हुने भएमा सम्वन्धीत न्यायाधीश र निकायलाई जानकारी गराउनु पर्ने उल्लेख छ ।

न्यायपरिषदको अध्यक्ष प्रधानन्याधीश रहने व्यवस्था छ ।

संविधान बमोजिम न्यायाधीशको नियुक्ति, सरुवा, अनुशासन सम्बन्धी कारबाही, बर्खासी र न्याय प्रशासन सम्बन्धी अन्य विषयको सिफारिस गर्न वा परामर्श दिन प्रधानन्याधीशको अध्यक्षतामा रहने न्याय परिषदका सदस्यहरुमा संघीय कानून तथा न्याय मन्त्री, सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश एकजना, राष्ट्रपतिले प्रधानमन्त्रीको सिफारिसमा नियुक्त गरेको एक जना कानूनविद्स र नेपाल बार एसोसिएशनको सिफारिसमा राष्ट्रपतिद्वारा नियुक्त कम्तीमा बीस वर्षको अनुभव प्राप्त वरिष्ठ अधिवक्ता वा अधिवक्ता रहने व्यवस्था छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *