गोँगबुमा प्रहरीद्वारा ठूलो परिमाणमा घरेलु मदिरा नष्ट

काठमाडौँ, फागुन ३० । महानगरीय प्रहरी प्रभाग गोँगबुले ठूलो परिमाणमा घरेलु मदिरा नष्ट गरेको छ ।

प्रभागले गोँगबु बसपार्क क्षेत्रका विभिन्न भट्टी तथा होटलमा छापा मार्दा फेला परेको अवैध एक हजार लिटर मदिरा आज विहान नष्ट गरेको हो ।

प्रभागका प्रमुख प्रताप पौडेलले गोँगबु क्षेत्रलाई घरेलु मदिरा मुक्त क्षेत्र बनाउने योजना अनुसार सुरु भएको अभियानमा एक हप्तामा तीन हजार लिटर घरेलु मदिरा नष्ट गरिएको जानकारी दिए ।

“मदिरा मुक्त क्षेत्र बनाउन टोल सुधार समिति, महिला समूह र स्थानीय प्रतिनिधीको रोहवरमा मदिरा नष्ट गरेका हौँ”– उनले भने । घरेलु मदिरा सेवनसँगै आवेशमा आएर अपराधजन्य घटना घट्ने भएकाले उक्त मदिरा नष्ट गरिएको प्रभागले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *