दक्षिण कोरियाली पूर्व राष्ट्रपति पार्कको सजायँ थप गर्न अदालतको आदेश

सोल, असोज २७ । दक्षिण कोरियाली एक अदालतले पूर्व राष्ट्रपति पार्कको कारावास सजायँ थप गर्न आदेश दिएको छ

अदालतले शुक्रबार भ्रष्टाचार प्रकरणमा महाभियोगपछि संसद तथा अदालतबाट दोषी ठहर भई काराबास सजायँ भोग्दै आएकी पूर्व राष्ट्रपति पार्क ग्युन हेको कारावास सजायँलाई थप ६ महिना बढाउने आदेश दिएको हो ।

कोरियाली संवैधानिक अदालतले घुस तथा पदीय आचरण विरोधी काम गरेकोे ठहर गर्दै पार्क माथिको महाभियोगलाई अनुमोदन गर्दै यही वर्ष मार्च महिनाको अन्त्यमा ६ महिनाका लागि हिरासतमा लिइएको थियो ।

सोलको केन्द्रिय जिल्ला अदालतले पार्कलाई थप अनुसन्धानका लागि अर्को ६ महिना हिरासतमा लिन शुक्रबार पक्राउ आदेश जारी गरेको छ ।

पार्क र उनका लामो समयदेखि निकट सहयोगी रहेका चोई सुन सिललाई पनि भ्रष्टाचार प्रकरणमा नियन्त्रणमा लिइएको थियो ।

यस पहिलेको अदालतको निर्णयअनुसार पार्क आगामी सोमबार कैदमुक्त हुने थिए ।

दक्षिण कोरियाली संविधानअनुसार कुनै अपराधको शंका गरिएका व्यक्तिलाई अधिकतम ६ महिना हिरासतमा राखी अनुसन्धान अगाडी बढाउन पाइन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight + fourteen =