वैज्ञानीक स्टेफेन हकिङको ७६ वर्षको उमेरमा निधन

काठमाडौं, फागुन ३० । वैज्ञानीक स्टेफेन हकिङको ७६ वर्षको उमेरमा निधन भएको छ । ब्लक होल र रिलेटिभिटिबारे गहिरो अध्ययन गरेका वैज्ञानीक हकिङको ७६ वर्षको उमेरमा निधन भएको छ । सन् १९४२ जनवरी ८ मा इंग्ल्याण्डको अक्फोर्डमा हकिङको जन्म भएको थियो ।

प्रध्यापक तथा भौतिक शास्त्री स्टेफन हकिङको ७६ वर्षको उमेरमा निधन भएको छ । उनको परिवारले विज्ञप्ति निकालेर हकिङको निधन भएको खुलासा गरेका हुन् ।

हकिङका छोरा छोरी लुसी रोबर्ट र टिमद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘बुवाको निधनप्रति हामी दुखी छौँ । उहाँ ठूलो वैज्ञानिक तथा अस्वभाविक व्यक्तित्व हुनुहुन्थ्यो । विज्ञानमा उहाँको योगदानलाई विश्वले सँधै सम्झिरहनेछ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *