अर्थमन्त्री खतिवडा आज दिल्ली जादै

काठमाडौं, फागुन ३० । नेपाल सरकारका अर्थमन्त्री डा. युवराज खतिवडा आज दिल्ली जादै हुनुहुन्छ ।

आजदेखि हरियाणा राज्यको गुरुग्राममा शुरु हुने प्रतिआतंकवाद सम्मेलन २०१८ (काउन्टर टेरोरिज्म कन्फरेन्स) मा भाग लिन उहाँ दिल्ली जान लाग्नु भएको हो । तीन दिने सो सम्मेलनको उद्घाटन सत्रमा मुख्य वक्ताको रुपमा अर्थमन्त्री खतिवडा सहभागी हुँदैहुनुहुन्छ ।

उद्घाटन सत्रमा गृहमन्त्री राजनाथ सिंहका साथ अर्थमन्त्री खतिवडाले मञ्चको उदघाटन गर्ने कार्यक्रम रहेको छ । यसअघि त्यो सम्मेलनमा गृहमन्त्री जाने प्रचलन रहेको थियो । वाम गठबन्धनको नेतृत्वमा बनेको नयाँ सरकारका तर्फबाट भारत जान लाग्नुभएका खतिवडा पहिलो मन्त्री हुनुहुन्छ । भोलि नै फर्किने गरि जान लाग्नुभएका अर्थमन्त्रीको द्विपक्षीय राजनीतिक भेटघाटको कार्यक्रम भने राखिएको छैन । तर दिल्लीमा भेटवार्ता हुनसक्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *