च्याम्पियन्स लिग: इटालियन क्लब रोमाले क्वार्टरफाइनलमा

काठमाडौं, फागुन ३० । च्याम्पियन्स लिगमा गएराति भएको खेलमा सख्तर डोनेस्कलाई अवे गोलका आधारमा हराउँदै इटालियन क्लब रोमाले क्वार्टरफाइनलमा स्थान बनाएको छ ।

घरेलु मैदानमा पहिलो लेगमा २–१ ले पराजित भएको रोमा घरेलु मैदानमा दोस्रो लेगमा १–० ले विजयी भयो । १० खेलाडीमा झरेको सख्तर विरुद्ध जित निकाल्ने क्रममा म्यानचेस्टर सिटीका पूर्व स्ट्राइकर इडेन जेकोको एकमात्र गोल निर्णायक बन्यो ।

दुई लेगमा दुवै टिमको २–२ गोल भएपछि रोमाले अवे गोलको फाइदा उठाउन सफल भयो । रोमा च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा २००८ पछि पहिलो पटक पुगेको हो । खेलको पहिलो हाफ गोलरहित बराबरी भएको खेलको ५२ औं मिनेटमा रोमाका लागि जेकोले गोल गर्न सफल भए ।

एक गोलले पछि परेको सख्तर ७९ औं मिनेटमा १० खेलाडीमा झर्न पुग्यो । जेकोलाई लडाएका कारण सख्तरका इभान ओरडेट्स रातो कार्ड खाँदै मैदानबाट बाहिरीए । त्यसपछि दुवै टिमबाट गोल हुन सकेन र रोमाले क्वार्टरफाइनलमा स्थान बनायो । प्रतियोगितामा आज बार्सिलोना र चेल्सीबीच प्रतिस्पर्धा हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *