नारायणगढ मुग्लिन सडकमा दुर्घटना हुँदा दुईको मृत्यु

भरतपुर फागुन २९ । नारायणगढ मुग्लिन सडकमा भएका दुई दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।

मुग्लिन नारायणगढ सडक खण्डको इच्छाकामना गाउँपालिका वडा नम्बर ६ पाँचकिलोमा ग्यास बुलेट गाडी सडकबाट खस्दा चालकको च्यापिएर मृत्यु भएको छ । चालकको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ । केए ०१ एएच २५९६ नम्बरको खाली ग्यास बुलेट सडकबाट करिब ३० मिटर तल खसेको प्रहरीले जनाएको छ ।

त्यस्तै, नारायणगढ मुग्लिन सडकको चुम्लिङटारमा कार पल्टँदा एक जनाको मृत्यु भएको छ । बा १२ च ४६१५ नम्बरको कार अनियन्त्रित भई पल्टँदा धादिङ छाप्रे ३ का २३ वर्षका सरोज सुवेदीको उपचारको लागि ल्याउँदै गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ । कारमा सवार ३ जना घाइतेको उपचार भइरहेको प्रहरीको भनाइ छ ।

 “

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *