लम्कीमा बजाजको नयाँ शोरुम शुभारम्भ

लम्की, फागुन २९ । हंशराज हुलासचन्द एण्ड कम्पनी प्राइभेट लिमिटेडले कैलालीको लम्कीमा सुविधा सहितको शोरुम गंगा आटोमोबाइल्स् संचालनमा ल्याएको छ । नयाँ शोरुमले ग्राहकहरुलाई बाइकको स्पेयर पार्टस तथा एसेसरिज खरिदका लागि सहज बनाउने कम्पनीको विश्वास छ छ ।

नेपालमा सबैभन्दा अधिक बिक्री हुने र अधिक विश्वास गरिएको अटोमोबाइल ब्राण्ड मध्येको एक, हंशराज हुलासचन्द एण्ड कम्पनी प्राइभेट लिमिटेड बजाज, पल्सर मोटरसाइकलको नेपालका लागि अधिकृत बितरक हो ।

नयाँ शोरुम शुभारम्भ भएको अवसरमा, हंशराज हुलासचन्द एण्ड कम्पनी प्राइभेट लिमिटेडका जेनेरल म्यानेजर योगेन गुरुङले देशभरी रहेका ग्राहकहरुका लागि उच्च गुणस्तरको सेवा प्रदान गर्न प्रतिबद्ध रहेको बताए । कम्पनीले शोरुम आरम्भका अवसरमा आफ्ना ग्राहकहरुलाई पुृरष्कार समेत प्रदान गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *