‘समुन्नती प्लस बचत खाता’ र ‘धनबर्षा मुद्धती खाता’ बन्द गरिने

काठमाडौं, फागुन २९ । एनआई सी एशिया बैंकले ‘बैंक पनि साथी पनि’ भन्ने नाराका साथ यही फागुन ११ गतेदेखि शुरु गरेको ‘धनवर्षा मुद्दती खाता’ र ‘समुन्नतिप्लस बचत खाता’ योजना यही चैत २ गतेपछि बन्द गरिने बैंकले जनाएको छ ।

बैंकद्धारा मंगलबार जारी विज्ञप्तिमा भनिएको छ– ‘विगत केहि दिनयता नेपाल बैंकर्स संघ र यस बैंक विच ब्याजदर सम्बन्धी विविध विषयहरुमा देखिएको असमझदारीलाई समग्र अर्थतन्त्रको सर्वाङ्गिण हित हुने गरी हल गरेर जानुपर्छ भन्ने आमधारणा रहेको महसुस गर्दै सो को लागि सार्थक प्रयास गरी जन उत्तरदायी एवं जिम्मेवार संस्थाको हैसियतले विभिन्न मतान्तरका विच वर्तमानको असहज परिस्थिती र आवश्यकता समेतलाई मध्यनजर गर्दै यस बैंकले निम्न बमोजिम गर्ने निर्णय गरेको ब्यहोरा सम्बन्धित सबैको जानकारीको लागि सविनय अनुरोध गर्दछौं :

बैंकले मिति २०७४ फाल्गुन ११ देखि संचालनमा ल्याएको समुन्नती प्लस बचत खाता (ब्याजदर १० प्रतिशत) र १बर्षे धनबर्षा मुद्धती खाता (ब्याजदर १२ प्रतिशत) अन्तर्गत यही २०७४ चैत्र २ गते शुक्रबार सम्म मात्र नयाँ खाता खोल्न सकिने छ । तत्पश्चात उपरोक्त उल्लेखित दुवै योजनाहरु बन्द गरिने छ ।’

हालै सृजित असहज परिस्थितीले गर्दा उपरोक्त उल्लेखित दुवै योजनाहरुलाई ग्राहक महानुभावहरुको प्रचुर लोकप्रियताको बाबजुद पूर्वनिर्धारित योजना बमोजिम निरन्तरता दिन असमर्थ भएकोमा सो बाट आम ग्राहक महानुभावहरुमा पर्न गएको असुविधाका लागी बैंक क्षमाप्रार्थी रहेको पनि विज्ञप्ति मार्फत जनाइएको छ ।

मुलुकभर गरी १८३ शाखा सहितनिजी क्षेत्रको सवैभन्दा वढि शाखा सञ्जालभएको बैंक बन्न सफल यस बैंक १८५ एटिएम सहितमुलुककै सबैभन्दा वढि एटिएम सञ्जाल भएको बैंक समेत बन्न सफल भएको छ । समग्रमा यस बैंक ४ वटा एक्स्टेन्सन काउन्टर, ३ वटा ब्रान्चलेस बैंकिङ्ग युनिट र कुल ५,००० भन्दा बढि रेमिट्यान्स पेमेन्ट एजेन्ट (प्रत्यक्षएवं अप्रत्यक्ष समेत गरी) सहित ५,३७५ भन्दा बढि भौतिक सञ्जालमार्फत बैकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो बैंक हुन सफल भैसकेको छ । साथै, बैंकको सेवाग्राहीहरुको संख्या १० लाखभन्दा बढि पुगी यस बैंक हालग्राहक संख्याको हिसाबले समेत मुलुककै अग्रणी वाणिज्य बैंक बन्न सफल भैसकेको छ ।

त्यसैगरी वित्तीय परिसुचकांकका हिसाबले समेत यस बैंक नेपालकै उत्कृष्ट बैंकहरु मध्येमा अग्रणी स्थान बनाउन सफल भैसकेको छ । बैंकको वासलातको आकार रु १४८ अर्ब भन्दा वढि पुगेको छ भने बैंकको कुलकर्जा करिब रु १०४ अर्ब र कुलनिक्षेप करिब रु १२४ अर्ब पुगीसकेको छ । यो सँगै वासलात, कुलकर्जा तथा कुल निक्षेपको आकारको हिसाबले निजी लगानीमा स्थापित बैंकहरु मध्ये अग्रणी स्थानमा रहन यस बैंक सफल भैसकेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *