विमान दुर्घटनाका ४९ जनाको शव त्रिवि शिक्षण अस्पतालमा, आज पोस्टमार्टम गरिने

काठमाडौं, फागुन २९ । सोमबार युयस–बांग्ला एयरको विमान दुर्घटनामा परी मृत्यु भएकाहरुको आज पोस्टमार्टम गरिने भएको छ। उद्धार कार्य र घाइतेको उपचार तथा शवहरुलाई भेला पार्दा सोमबार अबेर भएपछि आज बिहान साढे ९ बजेपछि मात्र पोस्टमार्टम गरिने भएको हो।

दुर्घटनामा मृत्यु भएका सबै ४९ जनाको शव अहिले महाराजगन्ज त्रिवि शिक्षण अस्पतालमा राखिएको छ। अस्पताल स्रोतका अनुसार विमानमा आगो लागेका कारण शव जलेकाले सनाखत गर्न मुस्किल हुने देखिएको छ। करिब ४० शव जलेका कारण पहिचान गर्न नसक्ने अवस्थामा छन्।

पोस्टमार्टम गर्दा पहिचान खुल्न नसक्ने शवहरुको डिएनए परिक्षण गर्नुपर्ने अस्पतालले जनाएको छ।

बंगलादेशको राजधानी ढाकाबाट सोमबार काठमाडौँका लागि उडान भरेको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटना हुँदा सवार ७१ मध्ये ४९ जनाको मृत्यु भएको थियो। दुर्घटनामा घाइते भएका २२ जनाको विभिन्न अस्पतालहरुमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

घाइतेमध्ये केहिको अवस्था चिन्ताजनक रहेको बताइएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *