यसरी भयो दुर्घटना : महानिर्देशक, क्यान

काठमाडौं, फागुन २९ । युएस बंगाल विमानको डास ८ बम्बार्डियर सोमबार दिउँसो दुई बजेर १८ मिनेटमा त्रिभुवन विमानस्थलमा अवतरण क्रममा दुर्घटनामा परेको हो ।

विमान अवतरण क्रममा एउटा घाँसेमैदान टेकेको देखिन्छ । विमान असन्तुलन भएर धावनमार्गको पुर्वतर्फ दुर्घटनामा परेको हो । विमानस्थलको टावर कन्ट्रोल रुप र विमान चालकबीच नियमित सम्पर्क भईरहेको थियो ।

कन्ट्रोल रुमले विमानलाई दक्षिणतर्फको रन वे जिरो टु मा अवतरण गर्न अनुमति दिएको थियो ।  तर, जहाज, दक्षिणबाट अवतरण नगरी उत्तरतर्फ मोडियो । उत्तरतर्फ जहाज मोडिएपछि कन्ट्रोल रुमले फेरि पाईलटसँग जहाजमा केही समस्या छ कि भनेर सोध्यो ।  पाईलटले आइएम गुड, नो प्रोब्लम भनिरहेको थिए । तर, विमानस्थलले जहाजमा केही समस्या देखिएको हुन सक्ने ठहर गरी सबै जहाज होल्ड गराएर रन वे खाली गराईसकेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *