बाँच्छु भन्ने सोचेको थिइनँ : सहरिन अहमद

काठमाडौं, फागुन २९ । मेरो नाम सहरिन अहमद। म बंगालदेशकी नागरिक हुँ । म २९ बर्षकी भएँ ।  नेपाल घुम्ने रहर सानैदेखि थियो ।  सोमबार १२: ३० बजे म एकजना साथीसँग ढाका विमानस्थलबाट काठमाडौंँका लागि उडेँ ।

हाम्रो योजना काठमाडौं र पोखरा घुम्ने थियो ।  काठमाडौं विमानस्थलमा २ः ३० बजेतिर जाज ल्यान्ड गर्ने तयारीमा थियो ।  पहिलोपटक ल्यान्ड गर्न नसकेको महसुस गरेँ ।  दोस्रोपटक ल्यान्ड भयो । ल्यान्ड गर्नुअघि जहाजको पखेटा केही कोल्टे परेको जस्तो महसुस भयो ।  दुर्घटनाबारे पाईलटले केही जानकारी दिएका थिएनन् ।

अचानज सबै कुरा भयो ।  जहाजमा आगो लाग्यो । धुवाँको मुस्लो भित्र छिर्यो । जहाजभित्र अल्लाहा अल्लाहा को आजाव आयो, म होसमै थिएँ । सबैजना अत्तालिएका थिए ।, आजको नागरिकमा यो खबर छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *