विमान दुर्घटना अपडेट- मृत्यु हुनेको संख्या ४९ पुग्यो, २१ घाइते, एक जना बेपत्ता

फागुन २८, काठमाडौं । ढाकाबाट काठमाडौं आएकोयूएस बंगलाको विमान दुर्घटनामा मृत्यु हुनेको संख्या ४९ पुगेको प्रहरीले पुष्टि गरेको छ ।

दुर्घटना स्थलमा ४९ जनाको मृत्यु भएको काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी विश्वराज पोखरेलले जानकारी दिए।उनका अनुसार ७१ जना यात्रु मध्ये २१ जना घाइतेको उपचार भइरहेको छ भने एक जना भेटिएका छैन ।

घाइतेहरुको केएमसी, नर्भिक लगायतका अस्पतालमा उपचार भइरहेको जानकारी  छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *