दुर्घटना अपडेट– २० यात्रुको शव निकालियो, प्रधानमन्त्री घटनास्थलमा

काठमाडौं, फागुन २८ । बंगालादेशको ढाकाबाट नेपाल आएको युएस बंगलाको विमान त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटना परि आगलागी हुँदा २० यात्रुको मृत्यु भएको छ ।

दुर्घटना लगतै आगलागीमा परेको विमानबाट २० यात्रु शव निकालिएको हो भने घाईतेहरुको बिभिन्न अस्पतालमा उपचार भइरहेको छ । उद्धार कार्य जारी रहेकाले कति जनाको मृत्यु भयो र कति घाईतेको उपचार भइरहेको छ, यकिन तथ्यांक प्राप्त भएको छैन ।

७२ सिटे विमानमा चालक दलका सदस्य सहित ७१ यात्रु रहेको बताएको छ । विमानमा ३७ जना पुरुष, ३२ जना महिला र दुई जना बालबालिका रहेका बताइएको छ ।

अवतरण गर्ने क्रममा रनवेमा दुर्घटना भएको विमानमा दुर्घटना आगलागी भएको प्रत्यक्षदर्शीले बताएका छन् । युएस बंगलाको ७३८ एयरक्राफ्टमा अवतरण गर्ने वित्तिकै आगलागी भएको थियो । रनवेबाट बाहिरिए लगत्तै विमानमा आगो लागेको बताइएको छ ।

दुर्घटनापछि आन्तरिक तथा वाह्य उडान र अवतरण रोकिएको छ ।

यसैबिच प्रधानमन्त्री केपी शर्मा ओली दुर्घटनास्थल त्रिभुवन अन्तरर्राष्ट्रिय विमानस्थल पुगेका छन् । प्रधानमन्त्री ओलीले घाईतेहरुको अवस्था र उद्धार प्रकृयाबारे जानकारी लिएका छन् । यसअघि गृहमन्त्री रामबहादुर थापा पनि घटनास्थल पुगेका थिए ।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *