मकालु खबर
ताजा, शुलभ, निष्पक्ष

न्यायाधीश चोलेन्द्रद्वारा इजलास बहिष्कार

काठमाडौँ, फागुन २८ । सर्वोच्च अदालतका न्यायाधीश चोलेन्द्र शम्शेर जबराले आज इजलास बहिष्कार गरेका छन् ।

प्रधानन्यायाधीश गोपाल पराजुलीको नागरिकताअनुसार गत साउनमै ६५ वर्षको उमेर हद सकिएको र प्रधानन्यायाधीशका रुपमा कार्यकाल सकिएको भन्दै उनले तोकेको इजलासमा बस्न अस्वीकार गरेका हुन् ।

डा गोविन्द केसीविरुद्धको अदालतको अवहेलना मुद्दाको सुनुवाइ आइतबारदेखि शुुरु भएको हो । सोही इजलासमा सुनुवाइ हुँदाहुँदै उनले इजलास बहिष्कारको घोषणा गरेका हुन् । न्यायाधीश जबराले प्रधानन्यायाधीश गोपाल पराजुलीसहित सात जना न्यायायाधीश भएको इजलास बहिष्कार गरेका हुन् ।

प्रतिकृयाहरु
Loading...