विमान दुर्घटना अपडेट– आगो नियन्त्रणमा, उद्धार जारी, गृहमन्त्री घटनास्थल पुगे

काठमाडौं, फागुन २८ । त्रिभुवन विमानस्थलमा युएस बंगलाको विमान दुर्घटना भएपछि गृहमन्त्री रामबहादुर थापा ‘बादल’ घटनास्थल पुगेका छन् ।

बंगलादेशबाट काठमाडौं आएको यूएस बांगला एयरलाइन्सको जहाज अवतरणका क्रममा त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटनामा परेको हो । धावनमार्गबाट करिब ५० मिटर तल काँढाघारी तर्फ विमान चिप्लिएर दुर्घटना भएको हो ।

प्रहरीका अनुसार उक्त जहाजमा चालकदलका सदस्यसहित ७१ जना यात्रु सवार थिए । त्रिभूवन विमानस्थलका प्रवक्त प्रेमनाथ ठाकुरका अनुसार ६७ जना यात्रु र ४ जना चालक दलका सदस्य थिए ।

तीमध्ये दुर्घटनामा परेर घाइते भएका ३० जनाको उद्धार गरी उपचारका लागि काठमाडौं विभिन्न अस्पतालमा पुर्याइएको घटनास्थलबाट रिपोर्टिङ गरिरहेका सम्बाददाताहरुले जनाएका छन् ।

यतिबेला आगो नियन्त्रणमा आएको र उद्धार भइरहेको बताइएको छ । क्षतिको पुर्ण विवरण अझै प्राप्त भइसकेको छैन । आगलागीका कारण बाँकी यात्रुको जिवितै उद्धार हुने सम्भावना अब कमै रहेको बताइएको छ ।

अस्पतालमा लगिएका धेरै घाईतेहरुको शरीरका विभिन्न भाग जलेको र चिन्ताजनक अवस्था रहेको बताईएको छ ।

दुर्घटना पछि त्रिभुवन विमानस्थलबाट हुने सबै उडानहरु बन्द गरिएको छ ।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *