न्युयोर्कमा भएको हेलिकोप्टर दुर्घटनामा दुइको मृत्यु, तीन घाइते

न्युयोर्क, फागुन २८ । अमेरिकी सहर न्युयोर्कको पूर्वतर्फ आइतबार भएको हेलिकोप्टर दुर्घटनामा पर्दा त्यसमा सवार दुई जनाको ज्यान गएको छ ।

सो दुर्घटनामा परी अरु तीन जना घाइते भएका छन् । तर सो हेलिकोप्टरका पाइलट भने सामान्य मात्र घाइते भएका बताइएको छ ।

उक्त सानो हेलिकोप्टरमा पाइलटसहित छ जना मात्र सवार रहेका थिए । हेलिकोप्टर न्युयोर्कको पूर्वतर्फको नदीमा खसेको प्रहरीले जानकारी दिएको छ ।

निजी कम्पनीको हेलिकोप्टरलाई केही व्यक्तिले फोटो खिच्ने प्रयोजनका लागि भाडामा लिएर उडाएको अनुमान गरिएको छ । तर यस विषयमा विस्तृत विवरण भने प्राप्त भएको छैन ।

प्रहरीले यस हेलिकोप्टर दुर्घटनाको अनुसन्धान सुरु गरेको जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *