अपडेट- चालक दलका सदस्यसहित ७१ यात्रु बोकेको जहाज काठमाडौंमा दुर्घटनाग्रस्त(भिडियो सहित)

काठमाडौँ, फागुन २८ ।  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा युएस बंगला एयरलाइन्सको जहाज दुर्घटनामा परेको छ । बंगलादेशबाट काठमाडौं आएको जहाज अवतरणका क्रममा दुर्घटनामा परेको हो ।

अहिलेसम्म १४ घाइतेको उद्धार गरिसकेको महानगरिय प्रहरी आयुक्तको कार्यालयका एसएसपी पूर्णचन्द्र जोशीले बताए । उनका अनुसार विमानमा चालक दलका सदस्यसहित ७१ यात्रु सवार थिए । धावनमार्गमा जहाज चिप्लिएर दुर्घटनामा परेको उनको भनाइ छ । घाइतेहरुलाई उपचारका लागि काठमाडौंका विभिन्न अस्पतालमा लगिएको छ ।

ढाकाबाट आएको ड्यास–८ विमान दिउँसो २ बजेर २० मिनेट जाँदा अवतरणको क्रममा रनवे बाहिर पुगेर दुर्घटना भएकाे हाे। दुर्घटनाको पूर्ण विवरण आउन बाँकी छ।

प्रकाश सुबेदीको फेशबुक बाट

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *