तारानिधि धनमाया स्मृति पुरस्कार ज्वाला र चाम्लिङलाई

धरान, फागुन २८ तारानिधि धनमाया अधिकारी स्मृति प्रतिष्ठान इटहरीले यस वर्षको प्रतिभा पुरस्कारबाट दुई सञ्चारकर्मी, एक संस्थालाई सम्मान गर्ने घोषणा गरेको

२५ हजार राशिको सञ्चारकर्मीतर्फको पुरस्कार नयाँ पत्रिका राष्ट्रिय दैनिकका कार्यकारी सम्पादक कृष्ण ज्वाला देवकोटालाई प्रदान गरिनेछ, भने १५ हजार राशिकै महिला सञ्चारकर्मी पुरस्कार धरानकी सञ्चारकर्मी एवम दिब्य रोशनी साप्ताहिककी सम्पादक, प्रकाशक मनिता चाम्लिङ राईलाई प्रदान गरिने

यसैगरी प्रतिष्ठानले यो वर्ष धरानका अनाथ तथा असहाय बालबालिकालाई आश्रय दिई आश्रमका रुपमा मानवीय सेवामा समर्पित रहँदै काम गर्ने सरस्वती वाल आश्रमलाई सात हजार पाँच सय नगदसहित सम्मानित गरिने तारानिधि धनमाया अधिकारी स्मृति प्रतिष्ठानका सल्लहकार प्रध्यापक डा. टंक न्यौपानेले जानकारी दिए

यस अघि प्रतिष्ठानले झापाका साहित्यकार कृष्ण धरावासीमहिला सञ्चारकर्मी पुरस्कारबाट धरानकी गङ्गा बराललाई प्रदान गरिएको थियो

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *