एभरेष्ट बैंकको नयाँ शाखा बनेपामा

“काठमाडौँ, फागुन २८ । एभरेष्ट बैँकले काभ्रेको बनेपामा नयाँ शाखा विस्तार गरेको छ । बनेपा शाखाको उद्घाटन काभ्रे जिल्लाका प्रमुख जिल्ला अधिकारी शिव प्रसाद सिम्खडा, बैकका प्रमुख कार्यकारी अधिकृत सोमेश्वर सेठ र बैकका संचालकहरुले संयुक्त रुपमा गरेका थिए ।

उक्त कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य सुर कृष्ण बैद्य, स्थानीय वाणिज्य संघका पदाधिकारीहरु, काठमाण्डौ विश्वविद्यालय तथा धुलिखेल अस्पतालका वरिष्ठ पदाधिकारीहरु, सुरक्षा निकायका प्रतिनिधिहरु, स्थानीय तथा सामाजिक संघ संस्थाका प्रतिनिधिहरु तथा बैंकका अन्य वरिष्ठ पदाधिकारीहरुको पनि उपस्थिति रहेको थियो ।

देशको कुना–कुनामा बैंकिङ्ग सेवा पुर्याउने उद्देश्यका साथ एभरेष्ट बैंकले विभिन्न स्थानहरुमा आफ्नो शाखा विस्तार गर्दै आएको छ । एभरेष्ट बैंकले हाल आफ्ना ७० वटा शाखाहरु, ७ एक्सटेन्सन काउन्टर, २८ राजस्व संकलन काउन्टर र ९७ एटिएम तथा बृहत बाह्य सन्जाल मार्फत उत्कृष्ट सेवाहरु प्रदान गर्दै आइरहेको छ ।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *