पोखराको शान्तिबनमा प्रेशरकुकर बम बिष्फोट

कास्की, मंसिर ८ ।  पोखराको शान्तिबन नजिकै बम बिस्फोट भएको छ । साँझ करिब ५ : ३० बजेको समयमा विष्फोट भएको कास्की प्रहरीले जनाएको छ ।

बाम गठबन्धन कास्कीको पोखरा लेखनथा महानगर पालिका वडा नम्वर ९ को निर्वाचन कार्यालयमा ठूलो आवाज सहित विष्फोट भएको हो ।

विष्फोट पछि सुरक्षाकर्मीहरुको टोली घटनास्थल पुगेको छ । घटनामा मानवीय क्षती भने नभएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । विष्फोटनको जिम्मा कसैले लिएको छैन । घटनाबारे थप विवरण आउन बाँकी नै छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 − 2 =