बस दुर्घटनामा १७ घाइते, तीनको अवस्था गम्भीर

काठकमाडौं, फागुन २७ । नुवाकोटको पिपलटारमा आइतबार दिउँसो बस दुर्घना हुँदा १७ जना घाइते भएका छन्।

त्रिशूली–देवीघाट–गल्छी सडकखण्डको वीचमा रहेको विदुर नगरपालिका वडा नं. ५ लामिबगैंचामा आइतबार दिउँसो त्रिशूलीबाट पिपलटार हुँदै देवीघाट जाने क्रममा रहेको वा १ ख ६५१९ नम्बरको बस दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

धादिङ वैरेनीकी ३७ वर्षीया दीपा सुनार सहित तीन जना गम्भीर घाइते रहेको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक वसन्तबहादुर कुंवरले जानकारी दिए । घाइते १७ मध्ये गम्भीर अवस्थाका दुई जनालाई अपरान्ह काठमाडौ लगिएको छ भने १३ जनाको विदुरस्थित नुवाकोट सिटी अस्पताल एण्ड रिसर्च सेन्टर, दुईजनाको वट्टारस्थित सन्जीवनी उपचार केन्द्रमा उपचार भइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *