पैसा दिनुस्, लाईसेन्स लिनुस् !

काठमाडौँ, फागुन २७ । सवारी चालक अनुमति पत्र (लाईसेन्स) बनाउन अञ्चल यातायात कार्यालय अगाडी लामो लाईनमा घण्टौं कुर्नु र महिनौं पर्खनु लाईसेन्स लिन चाहने सर्वसाधारणको नियती नै हो ।

सवारी चालक अनुमति पत्र बनाउनका लागि सर्वसाधारण रातभर लाईनमा बस्छन्, तरपनि पालो आउँदैन । लामो समय लाईनमा बसेपनि सवारी चालक अनुमति पत्र हातमा पर्न महिनौं कुनुर्पछ, देशभरीकै समस्या हो यो ।

तर, नारायणी यातायात व्यवस्था कार्यालय वीरगञ्जमा भने पैसा हुुनेले न त लाइनमा बस्नुपर्छ न त कुनै परीक्षा नै दिनुपर्छ । कार्यालयका कर्मचारीलाई पैसा खुवाएपछि एकै व्यक्तिले नै धेरै जनाको नाममा सवारी चालक अनुमति पत्र लिन पाउँछ ।

कर्मचारी देखि विचौलिया र ट्राफिक प्रहरीसम्म पैसा खुवाएपछि सवारी अनुमति पत्र सजिलै प्राप्त गर्न सकिने प्रमाण फेला परेको छ । दुई पांग्रेको लाईसेन्स दिँदा आन्तरिक १० हजार लिने र विचौलियाले सेवाग्राही सँग १५ हजार असुल गर्ने गरेको पाईएको छ । त्यसरी असुल गरिएको रकम मध्ये २० प्रतिशत जिल्ला ट्राफिक कार्यालयको भागमा छुटयाईने गरेको समेत पाईएको छ ।

विचौलियाले परिक्षण फेल भएको सेवाग्राहीलाई समेत रकम असुल गरेर पास गराईदिने गरेको पाईएको छ । सवारीका साधन अनुमति पत्रका लागि विचौलियाहरु वीरगंजका साथै हेटौडा, नारायणगढ, पोखरा, कलैया, निजगढ, गौर लगायतका स्थानमा परिचालित छन् ।

त्यस्ता ब्यक्तिहरुले ‘कार्यालय परिसरमा सेवा लिन आउने सेवाग्राहीसंग मोलमोलाई गरिरहेको समेत प्रत्यक्ष देख्न सकिन्छ । यता, ड्राइभिगं लाइसेन्सको तालिम दिने ड्राईभिङ्ग ईन्सीच्युटले सिक्न आउने प्रशिक्षार्थी संगै सेटिगंको पैसा लिने गरेका छन् ।

अख्तियारले यस विषयमा कार्यालय पुगेर छापामार्दा समेत कुनै अनियमितता भएको नपाएपछि कर्मचारी भ्रष्टाचार गर्न थप हौसिने गरेका छन् ।

सिक्दै न सिकी र परीक्षामा उत्तिर्ण नै नभए पनि सवारी अनुमति पत्र पाईने वीरगञ्जको यो यातायात व्यवस्था कार्यालयमा सम्बन्धित निकायको ध्यान जान जरुरी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *